१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


आज सुनको मुल्य प्रतितोला ८०० ले बढ्यो


१८ मंसिर २०७६, बुधबार  

0
Shares

१८ मंसिर ०७६ काठमाडौं । यो साताको दुई दिन स्थिर रहेको सुनको मूल्य आज बुधबार तोलाको रु ८०० ले बढेको छ ।
त्यस्तैगरि छापावाला सुनको मूल्य प्रतितोला रु ७२ हजार २०० निर्धारण गरेको छ । आइतबार प्रतितोला रु ७१ हजार ६०० मा खरिदबिक्री भएको सुन सोमबार र मङ्गलबार रु ७१ हजार ४०० मा कारोवार भएको थियो ।

महासङ्घले तेजाबी सुनको मूल्य प्रतितोला रु ७१ हजार ९०० निर्धारण गरेको छ । आइतबार रु ७१ हजार ३०० मा खरिदबिक्री भएको तेजाबी सुन सोमबार र मङ्गलबार प्रतितोला रु ७१ हजार १०० मा खरिदबिक्री भएको थियो ।

स्थानीय बजारमा सुनसँगै चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । सोमबार र मङ्गलबार प्रतितोला रु ८५० मा खरिदबिक्री भइरहेको चाँदीको मूल्य बुधबार प्रतितोला रु ८६५ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  ७ : ३२ बजे