१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


कलंकी भक्तपुर सडकमा साग साइकल प्रतिश्पर्धा


१८ मंसिर २०७६, बुधबार  

0
Shares


१९ मंसिर ०७६, काठमाडौं । साग खेलकुद प्रतियोगिता अन्र्तगत साइकल दौडका लागि कलंकी भक्तपुर सडक प्रयोग हुने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत शुक्रबार र शनिबार साइकल दौड प्रतियोगिता रहेकाले सो दिन कलङ्कीदेखि सूर्य्विनायकसम्मको सडक क्षेत्रमा सर्भिस लेन प्रयोग गर्न र वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।
महाशाखाले आज सूचना जारी गरी आगामी शुक्रबार कलङ्कीबाट कोटेश्वरसम्म र २१ गते शनिबार कलङ्कीबाट सूर्य्विनायकसम्मको सडकखण्डमा सर्भिस लेन प्रयोग गरिदिन सडक प्रयोगकर्तालाई अनुरोध गरेको हो ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले कलङ्कीदेखि कोटेश्वरसम्मको सडकमा सर्भिस लेन प्रयोग गर्न र कोटेश्वरबाट गठ्ठाघर, सल्लाघारी हुँदै जगातीतर्फ जाने सडक प्रयोगकर्ताले जडीबुटी, पुरानोथिमी, व्यासी, कमलविनायक, च्यामासिंह हुँदै जगातीको सडक प्रयोग गरी सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले सो क्षेत्रमा अत्यावश्यकबाहेक अन्य सवारी नचलाई ट्राफिक व्यवस्थापनमा सहयोग गर्नसमेत आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  ९ : ३१ बजे