१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


तेह्रौँ साग : फुटबलमा नेपाल र श्रीलङ्का बराबरी


१८ मंसिर २०७६, बुधबार  

0
Shares

१८ मंसिर ०७६, काठमाडौं ।  १३औँ दक्षिण एशियाली खेलकूद ९साग०अन्तर्गत पुरुष फुटबलमा नेपालले श्रीलङ्कासँग बराबरी खेलेको छ । अन्तिम समयमा संयमित भएर खेल्न नसक्दा नेपालले श्रीलङ्कासँग १–१ गोलको बराबरी खेल्नुपरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज नेपालका लागि खेलको ३६औँ मिनेटमा कप्तान सुजल श्रेष्ठले पेनाल्टीमार्फत गोल गरेका थिए । अन्तिममा खेलको इन्जुरी समयमा श्रीलङ्काले गोल फर्कायो । थप गरिएको चार मिनेटको इन्जुरी समयमा श्रीलङ्काका लागि जज सुपानले गोल गरेका थिए । नेपालले दुई खेलमा चार अङ्क जोडेको छ । यसअघि नेपालले भूटानलाई ४–० गोलले पराजित गरेको थियो ।

नेपालले अब शनिबार माल्दिभ्ससँग तथा आइतबार बङ्गलादेशसँग खेल्नेछ ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  ९ : ५१ बजे