१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


रानीपोखरीको जिर्णोद्धार अनुमति दिने सेनालाई मजुरको झ्याल


१९ मंसिर २०७६, बिहिबार  

0
Shares

१९ मंसिर ०७६, भक्तपुर । नेपाली सेनाको ब्यारेकभित्र रहेको रानीपोखरीको जीर्णोद्धार गर्न नेपाली सेनाले अनुमति दिई सहयोग गरेको भन्दै भक्तपुर नगरपालिकाले नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापालाई मयूर झ्याल उपहार दिएको छ ।
नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा गएको नगरपालिकाको टोलीले जङ्गीअड्डामा बुधबार आयोजना भएको समारोहमा थापालाई विश्वमै आकर्षक मानिने, कलात्मक मयूर झ्याल उपहार दिनुभएको हो ।
भक्तपुरको नगरपालिका–१ सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयको हातामा रहेको ऐतिहासिक रानीपोखरीको मौलिकतासहितको जिर्णोद्धार तथा पुनःनिर्माण र सैनिक आवासीय महाविद्यालयको पूर्वतर्फको खेलमैदान सर्वसाधारण युवाहरुलाई प्रयोग गर्नका लागि नेपाली सेनाले पु¥याएको योगदानको कदर गर्दै सेनालाई सो मयूर झ्याल दिएको हो ।
नेपाल संवत् ७५० अर्थात विसं १६८७ मा राजा जगज्योति मल्लको पालामा बनेको भक्तपुरको रानीपोखरी (काठमाडौँको रानीपोखरीभन्दा ४० वर्ष पुरानो) लामो समयदेखि जीर्ण अवस्थामा रहेको र उक्त पोखरीले सांस्कृतिक र धार्मिक महत्व पनि बोकेको, वरिपरि कुलदेवता र देवाली पूजा गर्ने महत्वपूर्ण थलो पनि भएकाले उक्त रानीपोखरीको २०७६ जेठ १ गते जीर्णोद्धार र संरक्षणको साथै सर्वसाधारण जनताको लागि खुला गर्न नेपाली सेनाले पत्र पठाएपछि पोखरीको उत्खनन एवं जीर्णोद्धार शुरु भएको नगरप्रमुख प्रजापतिले जानकारी दिनुभयो । नेपाली सेनाले स्थानीय जनताको भावना, यहाँको कला, संस्कृति, सम्पदा र धर्म एवं पर्वको संरक्षणमा साथ दिएको बताउनुभयो ।
कार्यक्रममा प्रधानसेनापति थापाले भक्तपुर जिल्लालगायत देशका विभिन्न क्षेत्रहरुमा त्यहाँको ऐतिहासिक महत्व, मौलिक संस्कृति, परम्परा र सम्पदाहरुको संरक्षण एवं संवद्र्धन गरी नागरिक–सैनिक सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्न सहयोग र साथ दिइरहेको बताउनुभयो ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहिबार  ७ : ५१ बजे