५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


ऐतिहासिक जितमा नेपालीको उन्मादका दृश्य


१९ मंसिर २०७६, बिहिबार  

0
Shares

१३औँ दक्षिण एशियाली खेलकुद (साग) मा बिहीबार उसुको नछवान अलराउन्डबाट स्वर्ण जितेपछि निमा घर्तीमगर ।

१९ मंसिर ०७६, काठमाडौं । दक्षिण एशियाली फुटवल(साग)को तेह्रौं संस्करण केही दिन देखि काठमाडौं, पोखरा र जनकपुरमा जारी छ ।साग खेलकुद इतिहासमा नेपालले ऐतिहासिक सफलता हासिल गरेको छ । एकातिर अघिल्लो बाह्रौं सागको ३१ स्वर्णको रेकर्ड तोडेको छ भने अर्कोतिर ५ दिन बाँकी रहेको खेल अवधिभित्र अरु थुप्रै पदकमाथि कव्जा जमाउने अनुमान गर्न सकिन्छ । होम ग्राउण्डको फाइदा बटुल्दै विहीबार साँझसम्म ३६ स्वर्ण पदक सहित ९६ पदकमाथि नेपालले कव्जा जमाएको छ ।
५८ पदक सहित पहिलो स्थानमा उक्लनुअघि बुधबारसम्म नेपाल पहिलो स्थानमा थियो ।

पौडीमा नेपालबाट स्वर्ण जितेकीपछि गौरिका सिंह । उनले २ मिटर फ्रिस्टाइलमा स्वर्ण र टिम इभेन्टमा कास्य पदक जितेकी छिन ।

राजधानीको किर्तिपुर,दशरथ रंगशाला र सातदोवाटोमा जारी सागका यो सिजन नेपालका लागि ऐतिहासिक सावित भएको छ । साग इतिहासमा यस पल्ट नेपालले एक सय पदक जम्मा गर्न सफल भयो ।
आजकल खेलमैदानहरु जितको उन्मादसँगै खेलाडीहरु चिच्याइरहेका भेटिन्छन् । विहीबार साग खेलका क्रममा राष्ट्रिय समाचार समितीले अपलोड गरेका केही दृश्य यस्ता थिए ः

बिहीबार सातदोबाटोमा भएको तेक्वान्दो प्रतियोगिता ८७ केजि भन्दा बढी तौल समूहमा मोरङका भूपेन सेष्ठ स्वर्ण पदक प्राप्त गरेपछि
बिहीबार उसुको नछवान अलराउन्डबाट स्वर्ण जितेपछि निमा घर्तीमगर ।
सातदोबाटोमा बिहीबार नेपाल र माल्दिभ्सबीच भएको ओपन लङगटेनिस खेलमा सहभागी नेपालकी सलोनी तामाङ
बिहीबार सातदोबाटोमा भएको तेक्वान्दो प्रतियोगिता विभिन्न पदक जितेका खेलाडीहरु ।
महिला फुटबलअन्तर्गत बिहीबार पोखरामा सम्पन्न नेपाल र माल्दिभ्सबीचको खेलमा गोल गरेपछि खुशी मनाउँदै नेपालका सावित्री भण्डारी ।
बिहीबार सातदोबाटोमा भएको तेक्वान्दो प्रतियोगिता विभिन्न पदक जितेका खेलाडीहरु ।
पोखरामा शुरु भएको बिच भलिबल खेलमा प्रतिष्पर्धा गर्दै नेपालका मानबहादुर श्रेष्ठ ।
पोखरामा जारी महिला ह्याण्डबल प्रतियोगितामा नेपाल र बङगलादेश प्रतिष्पर्धा गर्दै

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहिबार  ११ : २२ बजे