१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


प्रतिश्पर्धी बन्न सहकारी मन्त्री अर्यालको सुझाव


२० मंसिर २०७६, शुक्रबार  

0
Shares

कार्यक्रमको उद्घाटन गर्दै मन्त्री अर्याल ।

२० मंसिर ०७६, काठमाडौं । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सहकारी संस्थाहरु पथ प्रतिश्पर्धी बन्नु पर्ने आवश्यत्ता औल्याउनु भएको छ । नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ आठौ स्थापना दिवस र सातौ वार्षिक साधारणसभाको उद्घाटन मन्तव्य दिदै मन्त्री अर्यालले बैंकहरुसँग प्रतिस्पर्धा गर्नसक्ने गरी सहकारी संस्थाहरु सक्षम र प्रतिस्पर्धी बन्नु पर्ने आवश्यत्ता भएको बताउन’ भएको हो ।

मन्त्री अर्यालले अर्थतन्त्रमा सहकारी क्षेत्रले खेलेको भूमिकाको मुक्त कण्ठले प्रशंशा गर्नु भयो । उहाले हरेक घरका सदस्यलाई सहकारीमा आर्कषण गर्न सहकारीहरुले योजना ल्याउनु पर्ने सम्बन्धमा उहाँको विशेष सुझाव थियो ।

अव सरकारीको विकाश र प्रबर्दनमा सरकार सहयोग गर्न तयार रहेको उहाँको जिकरि थियो । अर्यालको प्रविधिमैत्री भएर काम गर्न सुझाव थियो । साथै उहाले अन्तरसहकारी भुक्तानी प्रणालीको शुरु गरेर सहकारीहरुलाई व्यावसाय प्रबद्र्धनमा लाग्न आग्रह गर्नु भएको थियो ।

नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघका अध्यक्ष सुरेन्द्र भण्डारीले २५ अर्ब भन्दा बढीको पुँजी परिचालन भएको बहुउद्देश्यीय सहकारी संघ संस्थाको दिर्घकालीन विकास गर्न संस्थागत सुशासन अपरिहार्य रहेको बताउनु भयो ।
देशभर चार हजार ३७१ बहुउद्देश्यीय सहकारी संस्थामध्ये संघअन्तर्गत १२ संघ सहित ३३४ संस्था आबद्ध रहेका छन् ।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार  ९ : ४९ बजे