५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


तेह्राैं साग : म्याराथनमा धावक किरण सिंह बोगटीलाई स्वर्ण


२१ मंसिर २०७६, शनिबार  

0
Shares

२१ मंसिर ०७६, काठमाडौं । १३ औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत एथ्लेटिक्सको म्याराथनमा नेपालका किरण सिंह बोगटीले स्वर्ण पदक जितेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपाली धावक किरणले निर्धारित दूरी २ घण्टा २१ मिनेट १७ सेकेन्ड समय खर्चंदै नेपाललाई स्वर्ण पदक दिलाएका छन् ।

सोही स्पर्धामा भारतका रसपाल सिंहले रजत पदक जित्नुभयो । उहाँले २ घण्टा २१ मिनेट ५७ सेकेन्ड समय लगाउँदै रजत जित्नुभएको हो । भारतकै श्रे सिंहले कास्यपदक हात पार्नुभयो । उहाँले २ घण्टा २२ मिनेट ०७ सेकेन्डसहित कास्य जितेको हो ।

सोही स्पर्धाको म्याराथनमा नेपालका धावक बैकुण्ठ मानन्धरको नाममा कीर्तिमान रहेको छ उनीले तेस्रो सागमा २ घण्टा १५ मिनेट ०३ सेकेन्डको समय निकाल्दै कीर्तिमान बनाएका हनु । अहिलेसम्म त्यो कीर्तिमान भङ्ग हुन सकेको छैन ।

सोही स्पर्धाको महिलातर्फको श्रीलङ्काकी हिरुनी केसराले स्वर्ण पदक जित्नुभयो । उहाँले २ घण्टा ४१ मिनेट २४ सेकेन्ड समय खर्चंदै स्वर्ण जित्नुभएको हो । त्यस्तै नेपालकी पुष्पा भण्डारीले रजतपदक हात पार्नुभयो । उहाँले २ घण्टा ५० मिनेट ११ सेकेन्ड समयमा पूरा गर्नुभयो । भारतकी ज्योति गावाटीले २ घण्टा ५२ मिनेट ११ सेकेन्डको समयसहित कास्य पदक हात पार्नुभयो ।

एथ्लेटिक्सको आठ सय मिटर दौडको पुरुषमा नेपालका सोमबहादुर कुमालले कास्यपदक हात पार्नुसफल भए । उनले १ मिनेट ५१.४४ सेकेन्डको समय खर्चीउका थिए । १ मिनेट ५०.५२ सेकेन्डको समयसहित श्रीलङ्काका इन्दुनिलले स्वर्ण जित्दा भारतका मोहमदले १ मिनेट ५१.२५ सेकेन्डको समयसहित रजत पदक हात पार्न सफल भए । जारी सागमा नेपालको यो ४२औँ स्वर्ण पदक होे ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  १२ : ३२ बजे