५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


इतिहास रच्दै जलपरी गौरिकाले जितिन् तेश्रो स्वर्ण


२२ मंसिर २०७६, आइतबार  

0
Shares

 

पौडीमा नेपालबाट स्वर्ण जितेकीपछि गौरिका सिंह ।

। जलपरीको उपनाम पाएकी नेपालकी चर्चित खेलायी गौरिका सिंहले १३औं सागमा तेश्रो पदक जितेर आइतबार नेपाली खेल जगतमा नौलो इतिहास रच्नु भएको छ । गौरिका सिंहले आइतबार १३ औं सागमा तेस्रो स्वर्ण जित्न सफल हुनुभएको हो ।
एउटै प्रतियोगितामा तीन स्वर्ण जितेको इतिहास नेपालको कुनै पनि खेलाडीको नाममा छैन ।
आइतबार ललितपुरको सातदोवाटोस्थित स्विमिङ्ग पुलमा भएको ४ सय मिटर फ्रि स्टाइलमा गौरिकाले ४ मिनेट २५ दशमलब २८ सेकेन्डमा दुरी पुरा गर्दे तेस्रो स्वर्ण हात पार्नु भयो ।
यसअघि गौरिकाले २ सय मिटर ब्याक स्ट्रोक र २ सय मिटर फ्रि स्टाइलमा स्वर्ण जित्नु भएको थियो ।
यस स्वर्ण पदकसँगै आइतबार साँझसम्म नेपालको स्वर्ण संख्या ४५ पुगेको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  ६ : १३ बजे