२२ बैशाख २०८१, शनिबार | Sun May 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


जलपरी गौरिकाको तेह्रौँ सागमा कीर्तिमान


२३ मंसिर २०७६, सोमबार  

0
Shares


२३ मंसिर ०७६, ललितपुर । एकपछि अर्को आचार्यजनक सफलतासँगै जलपरी गौरिका सिंहले तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिताको पौडी स्पर्धामाकीर्तिमान बनाउनु भएको छ । उहाले आज कीर्तिमानी चौंथो स्वर्ण पदक जित्नु भएको हो ।

सातदोबाटोस्थित पौडी पोखरीमा महिला १०० मिटर फ्रिस्टाइलमा गौरिकाले स्वर्ण जित्नु भयो । उहाले निर्धारित दूरी ५८ दशमलव १३ सेकेण्डमा पूरा गर्नु भएको हो । उक्त स्पर्धामा भारतकी शिवाङ्गी शर्माले रजत जित्नु भयो । उहाँले उक्त दूरी ५८ दशमलव १५ सेकेण्डमा पूरा गर्नुभएको हो । गौरिकाले एउटै सागमा चार स्वर्ण जितेर कीर्तिमान बनाउनु भएको हो ।
यसअघि १७ वर्षीया ओलम्पियन गौरिकाले दुई सय मिटर ब्याकस्ट्रोक, दुई सय मिटर फ्रिस्टाइल तथा चार सय मिटर फ्रिस्टाइलमा स्वर्ण जित्नु भएको थियो । उहाले सागमा नेपालका लागि सर्वा्धिक चार स्वर्ण जित्ने तेक्वान्दोका दीपक विष्टको कीर्तिमानसँग बराबरी गर्नु भएको छ । दीपकले सागको चार संस्करणमा चार स्वर्ण जित्नु भएको हो भने गौरिकाले सागको एउटै संस्करणमा चार स्वर्ण जित्दै इतिहास बनाउनु भयो । उहाले दुई रजत र दुई कास्य पदकसमेत जित्नु भएको छ ।
–––

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ८ : ०५ बजे