१८ मंसिर २०८१, मंगलबार | Wed Dec 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


नेपाली युवा भारतमा सम्मानित


२६ मंसिर २०७६, बिहिबार  

0
Shares


२६ मंसिर ०७६,काठमाडौं । लामो समयदेखि पिछडा वर्गको उत्थानमा लागेका नेपाली युवक भारतमा सम्मानित भएका छन् ।
सप्तरीमा जन्मिएका प्रकाशमणी राउतलाई नेशनल एनटी क्राइम्स एण्ड ह्युमन राइट्स काउन्सिल अफ इन्डियाले मंगलबार भारतमा सम्मान गरेको हो ।
राउतलाई काउन्सिलका अध्यक्ष देवास लामा र उपाध्यक्ष सकट मिर्जाले गोल्ड प्लेट वितरण गरे ।
राउतले यसअघि पनि भारतका विभिन्न संघ संस्थाहरुबाट अन्तराष्टिय स्तरको पुरस्कार पाइसकेका छन् । उनी नेपाल पिछडा वर्ग ओविसी विद्यार्थी संघका केन्द्रिय अध्यक्ष हुन् । उनी लामो समयदेखि सामाजिक काममा क्रियाशील छन् ।
राउतसँगै वाबुराम अर्याल पनि सोही पुरस्कारबाट सम्मानित भएका छन् । अर्याल फिल्म निर्देशक तथा समाजसेवी हुन् ।
सो कार्यक्रममा नेपालसहित भारत, मलेसिया, श्रीलंका, इन्डोनिसेसिया लगायतका ११ देशका युवा सहभागी बनेका थिए ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहिबार  ८ : ५५ बजे