११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


तत्कालीन संविधानसभा सदस्य ढुङ्गेलको निधन


१ पुस २०७६, मंगलबार  

0
Shares

स्व. रामेश्वर ढुंगेल

नेपाली काँग्रेसका नेता एवं तत्कालीन संविधानसभा सदस्य सूर्य्विनायक नगरपालिका–५ कटुञ्जे निवासी रामेश्वर ढुङ्गेलको ६० वर्षको उमेरमा आज निधन भएको छ । मस्तिष्कघात भएपछि गत आइतबारदेखि शिक्षण अस्पताल महाराजगञ्जको सघन उपचार कक्षमा उपचारत उहाँको आज दिउँसो ३ः१५ बजे निधन भएको स्थानीयवासी रामहरि थापाले जानकारी दिनुभयो ।

विसं २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा भक्तपुर क्षेत्र नं २ बाट संविधानसभा सदस्यमा निर्वा्चित ढुङ्गेलको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने स्व ढुङ्गेलका भतिजा रञ्जनराज ढुङ्गेलले जानकारी दिनुभयो ।

विसं २०१६ असार २९ गते कटुञ्जेमा जन्मनु भएका उहाँले २०४० सालदेखि राजनीतिमा सक्रिय रहँदै २०४३, २०४८ र २०५४ सालमा तत्कालीन कटुञ्जे गाविसका अध्यक्षसमेत निर्वा्चित हुनु भएको थियो । उहाँले कटुञ्जे घट्टेखोला खानेपानी आयोजनाको अध्यक्ष भएर कटुञ्जेका बासिन्दालाई खानेपानी खुवाएपछि उहाँलाई पानी पिताका रुपमा समेत स्थानीयवासीले मान्दै आएका थिए ।

गणेशमान स्मृति वाटिका प्रतिष्ठानका अध्यक्षसमेत रहनु भएका ढुङ्गेलका तीन छोरा छन् भने श्रीमती सुशीलाको गतवर्ष निधन भएको थियो । ढुङ्गेलको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाली काँग्रेस भक्तपुरले श्रद्धाञ्जलि व्यक्त गरेको छ ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ७ : ४० बजे