२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


महानगरको सम्मानमा आयशा छुटपेछि


३ पुस २०७६, बिहिबार  

0
Shares

पुरस्कार वितरणको क्रममा छुटेपछि आयशा शाक्य । तस्विर ः ललितपुर खबर

लपु संवाददाता
३ पुस ०७६, पुल्चोक । ललितपुरको पुल्चोकमा बुधबार ललितपुरका दक्षिण एशियाली खेलकुद प्रतियोगितामा पुरस्कार जित्ने खेलाडीहरुलाई सम्मान र पुरस्कार वितरण कार्यक्रम राखिएको थियो । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयश त्रिपाठीले खेलाडीहरुलाई सम्मान गरेपछि कार्यक्रम अघि बढ्यो । तर खेलाडीहरु आयशा शाक्य र विप्लवलाल श्रेष्ठलाई पुरस्कार दिइएन ।
सँगै रहेका आयशाका साथीहरु खासखुस गरे । ‘आयशा र विप्लपलाई खै त ?’ खोलाडीले आयोजकलाई सम्मान छुटेको जानकारी दिएपछि फेरि सामान्य प्रशासनमन्त्री त्रिपाठीले पुरस्कार वितरण गर्नु भएको थियो ।

पुरस्कार ग्रहण गर्दै शाक्य ।

तेक्याण्डो खेलाडी शाक्यले मन्त्री त्रिपाठी कार्यक्रमबाट निस्कनु पर्ने भएकोले हतारमा छुटेको हुनसक्ने बताउनु भयो । आयोजकले छुटेको भन्दै माफी मागेको थियो ।
कार्यक्रममा एक सहभागीले सम्मान कार्यक्रममा पुरस्कार दिन छुटाउदा खेलाडीको अपमान भएको प्रतिकृया दिनुभयो ।
२१ खेलाडी पुरस्कृत
महानगरपालिकाले महानगरभित्र २१ खेलाडीहरुलाई पुरस्कार वितरण गरेको छ । महानगरले स्वर्ण जित्ने खेलाडीलाई ५० हजार,रजत जित्नेलाई ४० हजार र कास्य पुरस्कार जित्नेलाई पुरस्कार दिएको हो । खेलाडीहरुमा आयशा शाक्य, विप्लवलाल श्रेष्ठ पुनम श्रेष्ठ,राकेश महर्जन, पुरुषेत्तम बज्रायार्च संयोग कपाली,साजन कृष्ण ताम्राकार,दिवश श्रेष्ठ, मुकुन्द महर्जन,अभिलाषा विष्ट,संरक्षण भुषण बज्राचार्य,प्रणव खनाल,प्रफुल्ल महर्जन,रसिला महर्जन,सदिक्षा श्रेष्ठ,विभेद महर्जन,आयुस सिंह,राजन जोशी,सन्तोष खत्री,संयक भुषण बज्राचार्य र अरुणराज बज्राचार्य छन् ।

प्रकाशित मिति : ३ पुस २०७६, बिहिबार  १० : ४२ बजे