१ जेष्ठ २०८१, मंगलबार | Wed May 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रोचक


राशिफल ः(आइतवार ६ पुस ०७६)


६ पुस २०७६, आइतबार  

0
Shares


पञ्चाङ्ग
एकादशी सफला एकादशी
वि.सं. २०७६ पुस ६ । आइतबार । इ.स. २०१९ डिसेम्बर २२ । शकसंवत् १९४१ । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । ने.सं. ११४० थिंलागा । पौष कृष्णपक्ष । एकादशी, १५ः३१ उप्रान्त द्वादशी । नक्षत्र– स्वाती, १९ः२० बजे उप्रान्त विशाखा । योग– अतिगण्ड, ९ः५६ बज ेउप्रान्त सुकर्मा । करण– वालव, १५ः३१ बजेदेखि कौलव, २६ः३५ बजेउप्रान्त तैतिल । आनन्दादिमा लुम्ब योग । चन्द्रराशि– तुला । काठमाडौंमा सूर्योदय– ६ः५२ बजे, सूर्यास्त– १७ः१२ बजे र दिनमान २५ घडी ० पला ।

सफला एकादशी व्रत । सफला एकादशी पुष कृष्ण पक्ष एकादशी
हिन्दू पञ्चाङ्गको एघारौं तिथिलाई एकादशी भनिन्छ । यो तिथि महिनामा दुई पल्ट आउँछ । पूर्णिमापछि र औंसी पछि । पूर्णिमापछि आउने एकादशीलाई कृष्ण पक्षको एकादशी र अमावस्यापछि आउने एकादशीलाई शुक्ल पक्षको एकादशी भनिन्छ । यी दुवै प्रकारका एकादशीहरूको हिन्दू सनातन संप्रदायमा धेरै महत्व छ । पुष महिनाको कृष्ण पक्षको एकादशीलाई सफला एकादशी भनिन्छ ।

पृथ्वीको उत्तरी गोलार्द्धमा वर्षभरिकै छोटो दिन तथा सर्वा्धिक लामो रात्रि । मकरमा सायन सूर्य ९ः४५ बजे प्रवेश । सायन मकर संक्रान्ति ।
पाश्चात्य ज्योतिषीहरुले प्रयोग गर्ने सायन पद्धति र भारत, नेपालमा प्रयोग गरिने निरायण पद्धति । यी दुबैको अन्तर २४ दिन पुगिसकेको छ । आकाशमा ग्रह सायन अवस्थामा रहन्छ । यो चलायमान पद्धति हो । त्रिपुष्कर योग १९ः२० बजेदेखि।

राशीफल
मेष– अन्धविश्वासको भरमा काम गर्नाले दुःख पाइनेछ । धार्मिक काममा बाधा सृजना हुन सक्छ सजक रहनुहोला ।
वृष– राष्ट्रियस्तरको मानसम्मान प्राप्त हुन सक्छ । प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट हुनेछ । मंगलमय काम सम्पादन हुनेछ ।
मिथुन– परिवारजनको सहयोगले उत्साह बढाउनेछ । स्वास्थ्यका लागि भारी खानपानमा सजग रहनुहोला ।
कर्कट– अनुसन्धानात्मक अध्ययन गर्नेहरूलाई फाइदाको दिन रहेको छ । टाढाको यात्राबाट धनलाभ हुन सक्छ ।
सिंह– सरकारी निकायबाट हुने कडिकडाउको सिकार भइएला । दण्ड–जरिवानाको पनि सम्भावना छ ।
कन्या– व्यापार–व्यवसायमा लगानी बढाउने समय छ । आफन्त, परिवारजनमा आत्मीयभाव बढ्नेछ ।
तुला– आज ब्यापारबाट प्रशस्त धनलाभ हुनेछ । भौतिक साधनहरू जुट्नेछन् । कृषिउपज र पशुधनबाट पनि राम्रै फाइदा हुनेछ ।
वृश्चिक– रमाइलो भ्रमण गर्ने अवसर प्राप्त होला,तर घर–जग्गा तथा बन्धुबान्धवसँग असमझदारी बढ्ने योग छ ।
धनु– काममा बाधा हुन सक्छ । प्रतिस्पर्धीहरूले आफ्नो ठाउँ ओगट्न सक्छन् । साथै पुरानो रोगले पुनः दुःख दिन सक्छ ।
मकर– चोटपटक वा हाड–जोर्नीमा समस्या आउने देखिएकाले सवारीसाधन वा हातहतियार उपयोग गर्दा सावधानी अपनाउनुहोला ।
कुम्भ– खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइनेछ । आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ ।
मीन– समयमा निर्णय लिन नसक्ता हातमा आएको अवसर गुम्न सक्छ । मान–सम्मानमा चोट पुग्ने सम्भावना छ, सचेत रहनुहोला ।
बिशेष काम गर्ने राम्रो समय बिहान ण्ढस्छद्ध देखिज्ञण्स्छद्ध सम्म छ, यो समय चन्द्र होराको हो र अनि केहि समय लाभ बेला पनि पर्छ । ज्योतिष शास्त्रमा यी चन्द्र होरा, लाभ बेला शुभ कामका लागि धेरै नै राम्रो मानिन्छन र

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  १२ : ०३ बजे