३१ बैशाख २०८१, सोमबार | Tue May 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रोचक


राशिफल (१२ पौष २०७६, शनिवार)


१२ पुस २०७६, शनिबार  

0
Shares


पञ्चाङ्ग
वि.सं. २०७६ पुस १२ । शनिबार । इ.स. २०१९ डिसेम्बर २८ । शकसंवत् १९४१ । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । ने.सं. ११४० पोहेलाथ्व । पौष शुक्लपक्ष। द्वितीया, १०ः ५१ उप्रान्त तृतीया । नक्षत्र– उत्तराषाढा, १९ ः ०० बजेउप्रान्त श्रवण । योग– व्याघात, २१ ः १६ बजेउप्रान्त हर्षण । करण– कौलव, १० ः ५१ बजेदेखि तैतिल, २३ ः १५ बजेउप्रान्त गर । आनन्दादिमा राक्षस योग । चन्द्रराशि– मकर । काठमाडौंमा सूर्योदय– ६ ः ५५ बजे, सूर्यास्त– १७ ः १५ बजे र दिनमान २५ घडी १ पला । त्रिपुष्कर योग १० ः ५१ बजेसम्म ।
राशीफल
मेष– कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ, पुराना कामहरु आज नै सम्पन्न हुन सक्ने दिन रहेको छ ।
वृष– आज कुनै पनि नयाँ काम नथाल्नु होला, टाढाको यात्रा हुने दिन छ, लेनदेको काम पनि नगरेकै बेश होला ।
मिथुन– स्वास्थ्यका लागि खानामा ध्यान पुर्याउनुहोला, धनको नाश हुन सक्छ, साथै प्रेममा पनि धोका होला ।
कर्कट– काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ, मन हर्षित रहला ।
सिंह– कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । परिवारजनका इच्छा पूरा गर्न सकिनेछ ।
कन्या– विपरित लिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ, काम गर्नमा थप जांगर थपिने देखिन्छ ।
तुला– शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ, तर सफलता भने प्राप्त हुने छैन, ब्यर्थै समयको नाश होला ।
वृश्चिक– मनमा दुबिधा रहन सक्ने दिन छ । सामाजिक काममा नाम रहने छ, जागिरमा भने सजक रहनु होला ।
धनु– प्रेम र मित्रताको बन्धन कसिने दिन छ, विभिन्न सहयोग र उपहार पाइनेछ, यात्राको पनि योग रहेको छ ।
मकर– परोपकारकारका क्षेत्रमा मन आकर्षित हुनेछ, मिष्ठान्न भोजनको अवसर आउने छ भने मित्रजन संग पनि भेटघाट होला ।
कुम्भ– भौतिक साधनको क्षतिले अनावश्यक धन नाश होला, सवारीसाधन चलाउदा विचार पुर्याएर मात्र चलाउनु होला ।
मीन– आज तपाइको धनजनमा बृद्धि भइ कसैबाट समर्थन पाइएला, ठुला ब्यक्तिसंग पनि भेटघाट हुन सक्छ ।

प्रकाशित मिति : १२ पुस २०७६, शनिबार  ८ : ०३ बजे