१३ पुस ०७६, काठमाडौं । राजधानीमा आयोजित एक कार्यक्रममा सरोकारवाला निकायका प्रतिनिधिहरुले युट्युवलगायत समाजिक संजालका संचालकहरु संवेदनशील भएर भिडियोलगायतका सामाग्री प्रकाशन तथा प्रशारण गर्नु पर्ने विषयमा जोड दिएका छ । सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधि, प्रहरी, पत्रकारलगायतले युट्युबलगायतका सामाजिक सञ्जालले समाजमा नकारात्मक कुरालाई बढावा दिएको भन्दै यसको नियमन आवश्यक भएको औँल्याएका हुन् ।
सञ्चारिका समूहले आज यहाँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा सहभागीले सामाजिक सञ्जालको नियमनको आवश्यक भएको बताएका थिए । नेपाल दूरसञ्चार संस्थानका अध्यक्ष पुरुषोत्तम खनालले सामाजिक सञ्जालको सबैभन्दा बढी असर बालबालिका र किशोरकिशोरीमा परिरहेको बताउनुभयो ।
सूचना प्रविधि ऐन पास भएपछि यसले सामाजिक सञ्जाललाई नियमन गर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “परिवारका सदस्यहरु एकै ठाउँमा बसिरहँदा पनि आ–आफ्नै मोबाइलमा इन्टरनेटमा व्यस्त हुने समय आएको छ ।”
राष्ट्रिय सूचना आयोगकी आयुक्त यशोदा तिमल्सिनाले युट्युबका सञ्चालक आफूले प्रशारण गर्ने विषयप्रति संवेदनशील हुनुपर्ने बताउनुभयो । आफ्ना सामग्री परिवारका सदस्यले हेर्दा त्यसको असर के पर्न सक्छ भन्ने विचार गरेर मात्रै सामग्री प्रशारण गर्नुपर्ने उहाँको सुझाव छ । उहाँले भन्नुभयो, “भ्युअर बढाउनकै लागि जथाभावी कुरा प्रसारण गर्नु हुँदैन ।”
अग्रज पत्रकार बबिता बस्नेतले मिडिया काउन्सिल ऐनमा नियमनकारी निकायको समेत व्यवस्था हुने भएकाले सामाजिक सञ्जालमा रहेका विकृति हट्ने उहाँले बताउनुभयो ।
सञ्चारिका समूहकी उपाध्यक्ष कमला पन्थीले समूहले मिडियामा पत्रकार महिलाको सङ्ख्यात्मक र गुणात्मक वृद्धिको विषयसँगै लैङ्गिक समानताका पक्षमा वकालत गर्दै आएको बताउनुभयो । कार्यक्रममा सहभागी युट्युब सञ्चालकले पनि यसलाई नियमन गर्न कानून आवश्यक भइसकेको औँल्याएका थिए ।
१३ पुस २०७६, आइतबार
0
Shares
प्रतिक्रिया