७ असार २०८३, आइतबार | Sun Jun 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


निर्देशक चन्द्र र पलबीच नयाँ चलचित्रका लागि सम्झौता



काठमाडौँ

निर्देशक चन्द्र पन्तको तेस्रो चलचित्रमा पनि अभिनेता पल शाह अनुबन्धित भएका छन्। शुक्रबार चलचित्र ‘आ बाट आमा २’ को छायांकनको पहिलो चरण (सुटिङ) सकिएलगत्तै निर्देशक पन्तले शाहलाई नाम तय नगरिएको (अनटाइटल्ड० नयाँ चलचित्रका लागि अनुबन्ध गरेका हुन्। यस चलचित्रको नाम, अन्य कलाकार तथा प्राविधिकहरूको विवरण भने अझै सार्वजनिक गरिएको छैन।

https://www.youtube.com/@lalitkhabar

निर्देशक पन्तले भने, ूअहिले तेस्रो चलचित्रका लागि पल शाहलाई मात्र अनुबन्ध गरेका छौँ। यो हाम्रो तेस्रो सहकार्य हो। अन्य कलाकार तथा प्राविधिकहरूको नाम भने बिस्तारै सार्वजनिक गर्दै जानेछौँ।ू

उनले ‘आ बाट आमा २’ को सुटिङ लगभग सकिएकाले अब डबिङतर्फ लाग्ने जानकारी दिए। उनका अनुसार नयाँ चलचित्रको हकमा सबै कलाकार तथा प्राविधिक फाइनल भएपछि मात्रै छायांकनको औपचारिक घोषणा गरिने छ।
निर्देशक पन्त र अभिनेता शाहको यो तेस्रो सहकार्य हो। गत वर्ष प्रदर्शनमा आएको हिट चलचित्र ‘आ बाट आमा’ बाट सुरु भएको उनीहरूको सहकार्य तेस्रो चलचित्रसम्म पुगेको हो। पहिलो सहकार्यबाटै यो जोडीलाई राम्रो सफलता मिलेको छ, किनभने उक्त चलचित्रले घरेलु बक्स अफिसमा १३ करोड रुपैयाँभन्दा बढीको व्यापार गर्दै निर्मातालाई सुरक्षित ९सेभ० बनाएको थियो।

उनीहरूको दोस्रो सहकार्य रहेको र भर्खरै छायांकन सकिएको चलचित्र ‘आ बाट आमा २’ आगामी असोज ३० गतेबाट प्रदर्शनमा आउँदैछ। नेपालीहरूको महान् चाड बडादसैँको अवसर पारेर प्रदर्शन गर्न लागिएको यस चलचित्रलाई लिएर निर्माण पक्ष निकै उत्साहित छ।

यो चलचित्र प्रदर्शनमा आउनु अगावै यसको जापान प्रदर्शन अधिकार (डिस्ट्रिब्युसन राइट्स) बिक्री भइसकेको छ। जापानका लागि प्रदर्शन अधिकार ‘आर एन्ड बी इन्टरटेनमेन्ट’ ले खरिद गरेको हो। यसअघि यो चलचित्रको अमेरिका र क्यानडाको राइट्स ‘डोको फिल्म्स’ ले महँगो रकममा खरिद गरिसकेको छ। अमेरिका, क्यानडा र जापानजस्ता देशहरूमा प्रदर्शन अधिकार बेलैमा सुरक्षित हुनुले वैदेशिक बजारमा यस चलचित्रप्रति वितरक र दर्शकको उत्साह उच्च रहेको देखिन्छ।

आर्या इन्टरटेनमेन्ट प्रा।ली।को ब्यानरमा निर्माण भएको यस चलचित्रमा पल शाह, मलिका महत, आकाश श्रेष्ठ, रिस्ता गुरुङ, निकिता आचार्य, सबिन श्रेष्ठ, विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित बिष्ट, नरेन खड्का,दिलिप अखेडाको मुख्य भूमिका रहने छ।

निर्देशक पन्तकै लेखन र पटकथा रहेको यस फिल्मको प्रोडक्सन म्यानेजर करणसिंह रसाली हुन्। ‘दसैँको जमरा र आमाको पर्खाइको कथा’ स्लोगन राखिएको यस फिल्म पारिवारिक एवं भावनात्मक कथावस्तुमा आधारित रहेको बुझ्न सकिन्छ। नेपालमा यस चलचित्रको वितरण ‘आरआर फिल्म्स’ ले गर्दैछ€

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ८ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।