१ जेष्ठ २०८१, मंगलबार | Tue May 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रोचक


आजको राशिफल (१४ पुष २०७६ सोमवार)


१३ पुस २०७६, आइतबार  

0
Shares

पञ्चाङ्ग
वि.सं. २०७६ पुस १४ । सोमबार । इ.स. २०१९ डिसेम्बर ३० । शकसंवत् १९४१ । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋत ु। ने.सं. ११४० पोहेलाथ्व। पौष शुक्लपक्ष । चतुर्थी, १३ ः ०९ उप्रान्त पञ्चमी । नक्षत्र– धनिष्ठा, २२स्३६ बजे उप्रान्त शतभिषा । योग– वज्र, २० ः ५६ बजेउप्रान्त सिद्धि । करण– भद्रा, १३ ः ०९ बजेदेखि वव, २६ ः ०० बजेउप्रान्त वालव । आनन्दादिमा शुभ योग । चन्द्रराशि– मकर, ९ ः ३२ बजे उप्रान्त कुम्भ । काठमाडौंमा सूर्योदय– ६ ः ५५ बजे, सूर्यास्त– १७ ः १७ बजे र दिनमान २५ घडी ३ पला ।
राशीफल
मेष– गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ ।
वृष– बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ । नजिकका साथीभाइ टाढिन सक्छन् । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला ।
मिथुन– मनमा डर लागे पनि विभिन्न अवसरले पछ्याउनेछन् । बोलीको प्रभाव पनि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ ।
कर्कट– कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ । तापनि, केही अवसर फुत्कन सक्छन, सचेत रहनुहोला ।
सिंह– स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला ।
कन्या– अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहने देखिन्छ। काम बिग्रने डरले सताइरहनेछ ।
तुला– दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ। तार्किक क्षमता बढ्नेछ। विशेष सभा–समारोहमा भाग लिने मौका प्राप्त हुनेछ ।
वृश्चिक– परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ । साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ ।
धनु– प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्स्िदलो रहनेछ । इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ ।
मकर– पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ । परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ ।
कुम्भ– मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ ।
मीन– उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । टाढाको यात्राको पनि योग रहेको छ ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  ११ : ११ बजे