१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


नेपाल टेलिकमले पैसा घटायो


१६ पुस २०७६, बुधबार  

0
Shares


१६ पुष २०७६, काठमाडौं । नेपाल टेलिकमले प्रिपेड मोबाइलको सिम किन्दा दिने सुविधा स्वरुप उपलब्ध हुने ५० रुपैयाँ बोनस व्यालेन्स घटाएर १० रुपैयामा झरेको छ । यो नियम बुधबार जनवरी १ तारिख अर्थात पुस १६ गतेदेखि लागू हुने जारी सूचनामा जनाइएको छ ।
नेपाल दूरसंचार कम्पनीले यसअघि ५० रुपैयाँ ब्यालेन्स उपलब्ध हुने यसअघिको व्यवस्थालाई परिवर्तन गर्दै जनवरी १ तारिखदेखि १० रुपैयाँ ब्यालेन्स, ४० मिनेटको टक टाईम, ६० एमबी डाटा र २० वटा एसएमएस उपलब्ध गराउने भएको हो ।
टेलिकमकाअनुसार १० रुपैयाँको ब्यालेन्स जुनसुकै नेटवर्कमा कल, एसएमएस वा डाटा चलाउदा प्रयोग गर्न सकिन्छ । ४० मिनेटको टक टाईम र २० वटा एसएमएस भने सिम एक्टिभ भएको एक महिनाभित्र टेलिकमको नेटवर्कमा प्रयोग गरिसक्नुपर्नेछ ।

यसअघि नै सिम कार्ड खरिद गरेका तथा एक्टिभ नगरेका ग्राहकहरुले पनि पुस १६ गतेदेखि वा सो भन्दापछि एक्टिभ गरेमा नयाँ ब्यवस्था अनुसारको ब्यालेन्स प्राप्त हुनेछ ।
कम्पनीले फरक फरक सेवा तथा सुविधाहरु सिम कार्डमा दिने भएपनि यसको मूल्य भने ९० रुपैयाँ नै राखिएको सार्वजनिक सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  ७ : २० बजे