१ जेष्ठ २०८१, मंगलबार | Tue May 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रोचक


आजको राशिफल (१७ पौष ०७६, बिहिवार)


१६ पुस २०७६, बुधबार  

0
Shares


पञ्चाङ्ग
वि.सं. २०७६ पुस १७ । बिहीबार । इ.स. २०२० जनवरी २ । शकसंवत् १९४१ । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । ने.सं. ११४० पोहेलाथ्व । पौष शुक्लपक्ष । सप्तमी, १९ ः १० उप्रान्त अष्टमी । नक्षत्र– उत्तरभाद्रपदा, ३० ः ०८ बजे उप्रान्त रेवती । योग– वरियान, २२ ः १२ बजे उप्रान्त परिघ । करण– वणिज, १९ ः १० बजेदेखि भद्रा, ३२ ः १५ बजे उप्रान्त वव । आनन्दादिमा छत्र योग । चन्द्रराशि– मीन । काठमाडौंमा सूर्योदय– ६ ः ५६ बजे, सूर्यास्त– १७ ः १९ बजे र दिनमान २५ घडी ५ पला। पञ्चक । राष्ट्रिय पोसाक दिवस ।
राशीफल
मेष– रमाइलो यात्रा हुने सम्भावना छ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ ।
वृष– आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ ।
मिथुन– भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । कीर्तिमानी काम गर्ने समय छ ।
कर्कट– श्रमको उचित मूल्यांकन होला। पढाइमा प्रगति हुनेछ । समय उत्साहवर्द्धक रहला । नयाँ ज्ञान प्राप्त हुने योग छ ।
सिंह– ेमेहनतले आम्दानी बढाउनेछ । आयस्रोत बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ ।
कन्या– कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । अरूका विषायमा चासो लिँदा झमेला आइपर्ला ।
तुला– ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ । परिवारजनबाट टाढिनुपर्ला । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ ।
वृश्चिक– सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले फाइदा हुनेछ । महत्वाकांक्षी योजना पनि बिस्तारै फलदायी हुनेछन् ।
धनु– स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । व्यापारमा भने कम मात्र फाइदा होला ।
मकर– पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ, तर पनि नसोचेको रोगले भने सताउने देखिन्छ ।
कुम्भ– प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ हुन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ ।
मीन– चोरी वा ठगीमा परिने समय छ । आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला । अनावश्यक दौडधुपमा समय बित्नेछ ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  ९ : ३१ बजे