
१६ पुस ०७६,काठमाडौं । राजधानीको दशरथ रंगशालामा बुधबार पर्यटन बर्ष २०२०को भव्य शुभारम्भ गरिएको छ । राष्ट्रति विद्यादेवि भण्डारीले पानसमा बत्ती बालेपछि रंगशालामा भ्रमण बर्ष शुरु भएको उद्घोष गरिएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारी काठमाडौँको दशरथ रङगशालामा बुधबार आयोजित विशेष समारोहमा नेपाल भ्रमण वर्ष सन २०२०’ को शुभारम्भ गर्दै ।
राष्ट्रपति विद्यादेवी भण्डारीको आगमनपछि नेपाली सेनाका टुकडीले देशभक्तिको गीत गाउनुको साथै मञ्च अगाडि नेपाल भ्रमण वर्ष–२०२० को छोटकरी रूप ‘भि एन वाई’ चित्र बनाएका थिए । समारोहमा हिन्दू, बौद्ध, मुस्लिम, जैन, इसाइ, शिख समुदायले आ–आफ्ना पाठ पढेर नेपालमा विभिन्न समुदाय रहन्छन् भन्ने सन्देश दिएका थिए । हिन्दूले शङ्खध्वनी बजाउनुको साथै वैदिक स्वस्ति पाठवाचन गरेका थिए । वौद्ध धर्मालम्बीले बौद्धसम्बन्धी पाठवाचन गरेका थिए । कार्यक्रममा १०८ बटुक र १०८ बौद्धधर्मालम्बीले उक्त पाठवाचन गरेका थिए ।

उद्घोषकले समारोहको सञ्चालन नगर्दै नेपाली चलचित्रका महानायक राजेश हमाल मञ्चमा देखिएपछि प्यारापिटमा रहेका दर्शकले ‘हुटिङ’ गरेका थिए । सम्बोधनकै क्रममा हमालले नेपाल प्राकृतिक सम्पदाले भरिपूर्ण मुलुक रहेको र विभिन्न पर्यटकको आकर्षक गन्तव्य रहेकाले विदेशी पाहुनालाई नेपाल भ्रमण गर्न आग्रह गर्नुभयो ।
पर्यटन व्यवसायी र विभिन्न सङ्घ संस्थाको झाँकी प्रदर्शन गरिएको थियो । पर्यटन व्यवसायीले पर्यटनसम्बन्धी सामग्री बोकेर झाँकी प्रदर्शन गरेका थिए । करिब एक घण्टा विभिन्न जातजाति, भाषा संस्कृतिका झाँकी प्रदर्शन गरिएको थियो ।

सोही समारोहमा भ्रमण वर्षको मस्कट ‘यति’को प्रदर्शन गरियो । समारोहमा उपस्थित दर्शकले भ्रमण वर्षको मस्टक यति अभिरुचिपूर्वक अवलोकन गरेका थिए । उनीहरु यतिको अगाडि बसेर फोटो खिचाउन व्यस्त थिए । भ्रमण वर्षको लोगो अङ्कित ब्यानर चार वटा नेपाली सेनाको हेलिकप्टरबाट प्रदर्शन गरिएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारी नेपाल भ्रमण वर्ष सन २०२०’ को शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्र्दै ।



प्रतिक्रिया