१ जेष्ठ २०८१, मंगलबार | Tue May 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रोचक


आजको राशिफल (२० पुस २०७६ आइतवार)


२० पुस २०७६, आइतबार  

0
Shares


दशमी, श्री गुरु गोविन्द सिंह जयन्ती
पञ्चाङ्ग
वि.सं. २०७६ पुस २० । आइतबार । इ.स. २०२० जनवरी ५ । शकसंवत् १९४१ । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । ने.सं. ११४० पोहेलाथ्व । पौष शुक्लपक्ष । दशमी, २४ ः ४६ उप्रान्त एकादशी । नक्षत्र– अश्विनी, १० ः ५१ बजे उप्रान्त भरणी । योग– सिद्ध, ३२ ः ०२ बजे उप्रान्त साध्य । करण– तैतिल, १२ ः ०३ बजेदेखि गर, २४ ः ४६ बजे उप्रान्त वणिज । आनन्दादिमा आनन्द योग । चन्द्रराशि– मेक्ष । काठमाडौंमा सूर्योदय– ६ ः ५७ बजे, सूर्यास्त– १७ ः २१ बजे र दिनमान २५ घडी ९ पला । गुरु गोविन्द सिंह जयन्ती । सर्वार्थ्सिद्धि योग १० ः ५१ बजेसम्म ।

राशिफल

मेष– पहिलेको सफलताले उत्साह जगाउनेछ । बोलीको माध्यमले लाभ उठाउन सकिनेछ ।
वृष– आयआर्जन राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ। रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ।
मिथुन– विश्वासमा पारेर झुक्याउनेहरूले सताउन सक्छन्। सहयोगीहरूको भर नपर्नुहोला।
कर्कट– मेहनत एवं परिवारजनको सहयोगले लाभ उठाउन सकिनेछ। घरायसी काम बन्नेछन्।
सिंह– सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ।
कन्या– प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्न सहयोग र उपहार पाइनेछ।
तुला– अधिकारका लागि केही संघर्ष हुन सक्छ। प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्। व्यावसायिक काममा खर्च बढ्नेछ।
वृश्चिक– मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। हिम्मतले काम बनाउन सकिनेछ।
धनु– सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। स्वास्थ्य सबल रहनेछ भने काममा पनि फाइदाको योग छ।
मकर– व्यापार(व्यवसायमा सामान्य फाइदा भए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। पढाइलेखाइमा प्रगति हुनेछ।
कुम्भ– शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।
मीन– ईर्ष्यालु मन भएकाहरूले काम बिगार्न सक्छन्। बुद्धिको उपयोगले मात्र प्रतिस्पर्धीहरूलाई वशमा ल्याउन सकिनेछ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  ४ : १९ बजे