१ जेष्ठ २०८१, मंगलबार | Tue May 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रोचक


किताव चोरेको आरोपमा राजदुतको राजिनामा


२० पुस २०७६, आइतबार  

0
Shares


२० पुस ०७६, अर्जे्न्टिना । अर्जे्न्टिनाका लागि मेक्सिकन राजदूत रिकार्डो भालेरिया ले १० डलर मूल्य पर्ने एउटा किताब चोरेको आरोपमा राजिनामा दिनु परेको छ ।
अर्जे्न्टिनाको राजधानी ब्युनर्स आयर्स्स्थित एक किताब पसलमा ती राजदूतले किताब चोर्दै गरेको भिडियो गत अक्टोबरमा सार्वजनिक भएपछि राजिनामा दिनु पर्ने अवस्था श्रृजना भएको हो ।
। राजदूत रिकार्डो भालेरियो किताब चोरी गरेको तथ्य बाहिरिएपछि मेक्सिकन सरकारले उनलाई डिसेम्बरमा फिर्ता बोलाएको थियो । अन्ततः उनले आफ्नो स्वास्थ्यको कारण देखाउँदै राजदूत पदबाट राजीनामा दिएका छन् । उनले दिएको राजिनामालाई मेक्सिकोको विदेश मन्त्रालयले स्वीकार गरेको छ ।
उनले चोरेको उक्त किताब अठारौँ शताब्दीका इटालियन लेखक जियाकोमो कासानोभाको बायोग्राफी थियो ।
पसलको सीसीटीभी क्यामरामा ती राजदूतले एउटा कितार्ब याकबाट निकालेर आफ्नो काखीमुनि पत्रिकाभित्र लुकाएर चेपेको दृश्य कैद भएको थियो ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  ९ : ३४ बजे