२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


महानगर कप भलिबल ः ललितपुर र चौतारा क्वाटरफाइनलमा


२२ पुस २०७६, मंगलबार  

0
Shares


२२ पुस ०७६, ललितपुर । ललितपुर महानगरपालिका र चौतारा नगरपालिका यहाँ जारी महानगर कप पुरुष तथा महिला भलिबलअन्तर्गत पुरुषतर्फको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
ललितपुरको जाउलाखेलस्थित जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रमा भएको खेलमा चौतारा नगरपालिकाले भक्तपुर नगरपालिकालाई ३–० सेटले पराजित ग¥यो । चौताराले भक्तपुरलाई २५–१४, २५–२१ र २५–२१ अङ्कले हराएको हो । समूह ‘ए’ मा रहेको चौतारा पहिलो भई छ अङ्कसहित क्वाटरफाइनलमा प्रवेश गरेको छ । यस्तै समूह ‘ए’बाट चार अङ्कसहित दोस्रो भएको ललितपुरसमेत क्वाटरफाइनलमा पुगेको छ । सो समूहमा रहेको भक्तपुर नगरपालिका प्रतियोगिताबाट बाहिरिएको प्रतियोगिता प्रचारप्रसार उपसमितिकी संयोजक निलम बज्राचार्यले जानकारी दिनुभयो ।
यस्तै समूह ‘सी’बाट महालक्ष्मी तथा पनौती नगरपालिका पुरुषतर्फको खेलमा क्वाटरफाइनलमा पुगेका छन् । उक्त समूहबाट टोखा नगरपालिका बाहिरिएको छ । समूह ‘डी’अन्तर्गतको खेलमा पुरुषतर्फ गोकर्णेश्वर तथा कमलामाई नगरपालिका आ–आफ्नो खेलमा विजयी भएका छन् । गोकर्णेश्वरले धुलिखेल नगरपालिकालाई २५–२३, २५–१४ र २५–१९ अङ्कले हरायो । यस्तै कमलामाईले गोदावरी नगरपालिकालाई २५–१३, २५–१८ र २५–१८ अङ्कले पराजित ग¥यो ।

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  २ : ५४ बजे