२२ बैशाख २०८१, शनिबार | Sun May 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


महानगर कप भलिबल ः गोकर्णेश्वर र चन्द्रागिरि सेमिफाइनलमा


२३ पुस २०७६, बुधबार  

0
Shares

२३ पुस ०७६, ललितपुर । गोकर्णेश्वर नगरपालिका र चन्द्रागिरि नगरपालिका यहाँ जारी महानगर कप पुरुष तथा महिला भलिबलअन्तर्गत महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् ।

ललितपुरको जाउलाखेलस्थित जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रमा मङ्गलबार भएको खेलमा गोकर्णेश्वरले टोखा नगरपालिकालाई २५–१५, २५–५ र २५–१५ अङ्कले पराजित गरेको हो । समूह ‘बी’ बाट गोकर्णेश्वर नौ अङ्कसहित पहिलो तथा विदुर नगरपालिका छ अङ्कका साथ दोस्रो हुँदै सेमिफाइनल प्रवेश गरेको प्रतियोगिता प्रचारप्रसार उपसमितिका संयोजक निलम बज्राचार्यले जानकारी दिनुभयो ।

यस्तै अर्को क्वाटरफाइनलको खेलमा चन्द्रागिरिले आयोजक ललितपुर महानगरपालिकालाई २५–१८, १४–२५, २५–२१, १८–२५ र १५–११ अङ्कले हरायो । समूह ‘ए’ बाट चन्द्रागिरि नौ अङ्कसहित पहिलो तथा ललितपुर तीन अङ्कका साथ तेस्रो हुँदै सेमिफाइनल प्रवेश गरेको छ । महिलातर्फको खेलमा हेटौँडाले विदुरलाई २५–१८, २५–१७ र २५–२३ अङ्कले पराजित गरेको संयोजक बज्राचार्यले बताउनुभयो ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  १० : १६ बजे