
२३ पुस ०७६, काठमाडौं । सन्तोष साहुखलले ‘ए’ डिभिजन लिगमा एक सय गोल पूरा गर्नुभएको छ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा उहाँले आजको खेलमा १००औँ गोल गर्नुभएको हो ।
सन्तोषले च्यासल युथ क्लबका तर्फबाट नेपाल पुलिस क्लबका विरुद्ध खेलको १८औँ मिनेटमा गोल गर्नुभएको हो । ‘ए’ डिभिजन लिगमा एक सय गोल गर्ने उहाँ पहिलो खेलाडी बन्नुभएको छ ।

सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीचको खेलमा १०० गोल गरेर लिगमा कीर्तिमान बनाएका पुलिस क्लबका सन्तोष साहुख
च्यासलका हेमन्त थापामगरले हानेको फ्रिकिक पुलिसका गोलकिपर शत्रुघन चौधरीले रोक्न नसक्दा उक्त बललाई सन्तोषले गोलमा परिणत गर्नुभएको हो । पहिलो हाफसम्ममा नेपाल पुलिस क्लबले दुई तथा च्यासलले एक गोल गरेको छ । जारी लिगमा उहाँको यो चौथो गोल हो । उहाँले पहिलो खेलमा सङ्कटा क्लबविरुद्ध दुई तथा दोस्रो खेलमा मछिन्द्र क्लबविरुद्ध एक गोल गर्नुभएको थियो । उहाँले न्यु रोड टिम र जाउलाखेल युथ क्लबविरुद्धको खेलमा भने गोल गर्न सक्नुभएन । सन्तोषले २०६० सालमा थ्री स्टार क्लबबाट लिग खेल्न थाल्नुभएको हो ।
प्रतिक्रिया