१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रोचक


आजको राशिफल (२७ पुस २०७६)


२७ पुस २०७६, आइतबार  

0
Shares


द्वितीया ( पृथ्वी जयन्ती, राष्ट्रिय एकता दिवस
पञ्चाङ्ग
वि.सं. २०७६ पुस २७ । आइतबार । इ.स. २०२० जनवरी १२ । शकसंवत् १९४१ । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । ने.सं. ११४० पोहेलागा । माघ कृष्णपक्ष । द्वितीया, २२ ः १७ उप्रान्त तृतीया । नक्षत्र– तिष्य, १३ ः ५४ बजे उप्रान्त अश्लेषा । योग– विष्कम्भ, १३ ः ०४ बजे उप्रान्त प्रीति । करण– तैतिल, ११ ः ०९ बजेदेखि गर, २२ ः १७ बजे उप्रान्त वणिज । आनन्दादिमा श्रीवत्स योग । चन्द्रराशि– कर्कट । काठमाडौंमा सूर्योदय– ६ ः ५८ बजे, सूर्यास्त– १७ ः २६ बजे र दिनमान २६ घडी १ पला । सर्वार्थ्सिद्धि योग १३ ः ५४ बजेसम्म । राष्ट्रिय एकता दिवस । पृथ्वी जयन्ती (पृथ्वीनारायण शाह स्मृति दिवस) ।
राशीफल
मेष– लुगा, भोजन र विशेष उपहार हातलागी हुनेछन् । भोगविलासमा मन रमाउनेछ । कृषि व्यवसाय तथा पशुधनबाट विशेष फाइदा हुने दिन छ ।
वृष– विपरीत लिंगीहरूको माध्यमबाट बढी लाभ होला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ ।
मिथुन– आज धनमाल हराउने, चोरिने वा ठगीमा परिने ग्रहयोग छ । अलि दृष्टिभ्रममा परिएला । आँखाको समस्याले पनि सताउन सक्छ ।
कर्कट– आम्दानी भन्दा बढी खर्च गर्नुपर्ने समय छ । लामो समयदेखि गरिएको लगानी र श्रमबाट कममात्र प्रतिफल पाइएला ।
सिंह– परिवारजनमा असमझदारी र मित्रजनसँग वैरभाव बढ्न सक्छ, तर पनि ब्यापारबाट भने फाईदै हुने दिन रहेको छ ।
कन्या– यात्रा र सवारी साधन उपयोग गर्दा पनि अलि सावधानी अपनाउनुपर्ने समय छ । पढाइ आज खासै राम्रो छैन ।
तुला– ज्वरो, टाउको दुखाइ वा आँखाको समस्याले अलि सताउने देखिन्छ । जिम्मेवारीका काम समयमा सम्पादन गर्न नसकिएला ।
वृश्चिक– आफ्ना कमजोरीप्रति आफन्तजनले टिप्पणी वा गुनासो गर्लान् । हातबाट अवसर गुम्न सक्छ । ध्यान दिएर काम गर्नु होला ।
धनु– आफ्नो वर्गको नेतृत्व गर्दै प्रतिष्ठित काम सम्पादन गर्ने अवसर जुट्नेछ । कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ ।
मकर– आज साथीभाइहरुबाट फाइदा उठाउन सकिएला । उच्च महत्वाकांक्षाले गर्दा सोचेको काम पूर्ण रुपमा सम्पादन हुनेछन ।
कुम्भ– खर्च बढ्ने र आर्थिक अभावले सताउने योग छ । तर पनि विपरीत लिंगी वा केही हितैसी मित्रहरूले साथ दिनेछन् ।
मीन– आज तपाइलाई विशेष पदमा बसेका वा राजनीतिक व्यक्तित्वबाट धोका हुन सक्छ, खानपानमा पनि एकदमै सजक रहनु होला ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  ७ : २९ बजे