१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुनचाँदी व्यवसाय बलियो बनाउन सरकार लागेको छ ः मुख्यमन्त्री शाही


२७ पुस २०७६, आइतबार  

0
Shares


२७ पुस ०७६,काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुुर शाहीले सुनचाँदी व्यवसायलाई अर्थतन्त्रमा बलियो बनाउनेतर्फ सरकार लागिपरेको बताउनु भएको छ ।
शनिबार ललितपुरको गोदावरीमा आयोजित नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्च तेस्रो साधारणसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले सो धारणा राख्नु भएको हो ।
‘नेपालको अर्थतन्त्रलाई बलियो बनाउन कुन साधनको रूपमा लिने, कसरी उपयोग गर्ने, उत्पादनबाट फाइदा लिने यी सबैलाई मध्यनजर गरेर यसको सही व्यवस्थापनका लागि सरकार अगाडि बढेको छ, शाहीले भन्नुभयो, ‘सरकारको तर्फबाट गरिने कानुनी व्यवसथापन र व्यवसायीक वातावरण बनाउन पनि लागिपरेको छ ।’
कार्यक्रममा नेपाल रत्न आभुषण महासंघका अध्यक्ष सुन चाँदी स्पष्ट नीति नहुँदा व्यवसायमामा समस्या परेको बताउँदै नेपाली मौलिक गरगहना विश्वबजारमा पु¥याउनुपर्ने बताउनु भयो । ‘२ अर्व डलरको मौलिक गरगहनाको बजार छ । यसलाई विश्वबजारमा पुर¥याउनुपर्छ ।’
मौलिक गहना बनाउने कालिगढको अभाव रहेको भन्दै अध्यक्ष महर्जनले उनीहरूले दोस्रो पुस्तालाई मालिक गहना बनाउन सिकाउनुपर्ने बताउनु भयो ।
नेपाल सुनभचाँदी व्यवसायी मञ्चका अध्यक्ष गणेशप्रसाद लकान्द्रीले सुनचाँदी व्यवसायमा देखिएको चुनौतीमा सबैले हातेमालो गरेर समाधान गर्नुपर्ने बताउनु भयो । ‘व्यवसायमा धेरै चुनौती छ । सबै मिलेर समस्या समाधान गर्नुपर्छ ।’
लकान्द्रीले व्यवसायीले बिनागल्ती झुटो मुद्दा खेप्नुपरेको गुनासो गर्नुभयो । कच्चा पदार्थको अभाव, नेपाल राष्ट्र बैंकको सूचिमा सुनचाँदी व्यवसायीको नाम उल्लेख नहुने लगायतले अझै कष्ट खेप्नुपरेको उहाँको दुखेसो थियो । उहाँले भन्नु भयो, ’स्थापनाकालदेखि नै व्यवसायीहरुका समस्या र तिनको सहज समाधानका लागि क्रियाशील रहँदै आएको मञ्चले व्यवसायमा आवश्यक कच्चा पदार्थको सहज उपलब्धताको अभाव झेल्नु परेको छ ।
मञ्च गतवर्षको तुलनामा सहजताका साथ अगाडि बढेको पनि अध्यक्ष लकान्द्रीले बताउनु भयो ।
मञ्चका महासचिव खेम तिरुवाले आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक कार्य प्रगतिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
व्यवसाय सञ्चालकहरूले माग अनुसारको वैधानिक निकायबाट सर्वसुलभ रूपमा आवश्यक कच्चा पदार्थ प्राप्त गर्नुपर्छ भन्ने विषयमा मञ्चले निरन्तर माग गर्दे आएको जानकारी दिनु भयो ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  १० : ४२ बजे