१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रोचक


आजको राशिफल (२८ पुस २०७६, सोमवार)


२८ पुस २०७६, सोमबार  

0
Shares


पञ्चाङ्ग
वि.सं. २०७६ पुस २८ । सोमबार । इ.स. २०२० जनवरी १३ । शकसंवत् १९४१ । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । ने.सं. ११४० पोहेलागा । माघ कृष्णपक्ष । तृतीया, २० ः १९ उप्रान्त चतुर्थी । नक्षत्र– अश्लेषा, १२ ः ४३ बजेउप्रान्त मघा । योग– प्रीति, १० ः २१ बजे उप्रान्त आयुष्मान् । करण– वणिज, ९ ः २० बजेदेखि भद्रा, २० ः १९ बजेउप्रान्त वव । आनन्दादिमा सौम्य योग । चन्द्रराशि– कर्कट, १२ ः ४३ बजे उप्रान्त सिंह । काठमाडौंमा सूर्योदय– ६ ः ५८ बजे, सूर्यास्त– १७ ः २७ बजे र दिनमान २६ घडी ३ पला ।
राशीफल
मेष– व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ । पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुनेछ ।
वृष– भूमिबाट प्रशस्त फाइदा मिल्नेछ । साथीभाइ र बन्धुबान्धवको सहयोग जुट्नाले अप्ठ्यारा काम पनि सहजै सम्पादन हुनेछन् ।
मिथुन– अस्वस्थताले राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्ने देखिन्छ । आमाको स्वास्थ्यस्थिति कमजोर बन्नाले त्यसप्रति पनि चिन्ता बढ्न सक्छ ।
कर्कट– दाजुभाइ तथा दिदिबहिनीमा केही असमझदारी बढ्ने सम्भावना छ । समाजले बहिष्कार गरेका वा खराब आचरण भएकाहरूसँग नजिकिनुपलार्् ।
सिंह– कुनै नयाँ काम प्रारम्भ हुन सक्छ। आर्थिक समस्या पनि समाधान हुनेछ । शत्रुहरूलाई परास्त गर्न सकिनेछ ।
कन्या– विभिन्न अवसरले पछ्याउनेछन् । मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट पनि केही समयलाई मुक्ति मिल्नेछ ।
तुला– घर–जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउन सक्छ । तापनि, प्रतिष्ठित व्यक्तितवसँग मित्रता बढ्नेछ । स्वास्थ्यमा समस्या पनि आउन सक्छ ।
वृश्चिक– घर खर्च बढ्नुका साथै व्यापारमा मन्दी आउने देखिन्छ, तर लामो समयदेखि रोकिएका काम भने सम्पादन गर्न सकिने दिन छ ।
धनु– प्रयत्न गर्दा अप्ठ्यारा काम सजिलै सम्पादन हुनेछन् । पराक्रम बढ्नेछ भने प्रशस्त धन लाभ पनि हुन सक्छ ।
मकर– बहुमूल्य धातु संग्रह गरिएला । सामाजिक प्रतिष्ठा पाइनेछ । शत्रु परास्त हुनेछन् । प्रेम र मित्रताको बन्धन कसिने समय छ ।
कुम्भ– राजनीतिक पहुँच बढ्नेछ । तर पनि भूमिलगायत स्थायी सम्पत्तिको विषयमा भने केही विवाद निस्कन सक्छ, सावधान रहनु होला ।
मीन– आफ्नै कमजोरीले हातमा आएको अवसर गुम्न सक्छ । खराब व्यक्तित्वको संगतले मान–सम्मानमा चोट पुग्ने सम्भावना छ ।

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  ७ : ४१ बजे