१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


गोदावरीमा बन्यो सभाहल (तस्विरहरु)


२८ पुस २०७६, सोमबार  

0
Shares


ललितपुरखबर फोटोग्राफी
२८ पुस ०७६, गोदावरी । देशमा हुने विशेष र अन्र्तराष्ट्रिय स्तरका कार्यक्रम आयोजना गर्न गतिलो ठाँउ नहुँदा अप्ठ्यारो पर्न थालेपछि ललितपुरको गोदावरीमा सरकारले ३ हजार सिट क्षमताको हल निर्माण शुरु गरेको छ । गोदावारी बसपार्कछेउ रहेको १ सय १२ रोपनी क्षेत्रफल जमिनमा यो सभाहल निर्माण भइरहेको हो ।


भ्याट सहित ८० करोडको बजेट रहेको यो योजना सरकारले केसी समानान्तर जेभिलाई ६५ करोडमा ठेक्का लगाएर काम गरिरहेको छ । ठेकेदार कम्पनीका साइट इन्जिनियर राकेश यादवका अनुसार ५० दिन अघि शुरु भएको यो योजनाको २५ प्रतिशत काम सकिएको छ । चारमहिना पछि अप्रिल ९ सम्ममा सभा हल सरकारलाई बुझाउने पर्ने कार्यादेश छ । इन्जिनियर यादव कम्पनीले समयमै भवन सरकारलाई बुझाउने दाबी गर्नुभयो । हल निर्माण गर्न अब ४ महिना मात्रै बाँकी छ ।


यादवले भन्नुभयो, ‘हामीले सोच भन्दा चाडो काम गरिरहेका थियो । वन कार्यालयले भवन निर्माण स्थलका रुख काट्न समयमै अनुमती नदिदा काम केही ढिला भयो । तर पनि हामी दिनरात खटेर समयमै काम सक्छौं ।’


अत्याधि चिसो मौसम र झरि काम गर्न बाधक रहेको यादवको भनाई छ । भवन निर्माणका लागि अहिले १५० जना मजदुर काममा खटिएको उहाँको भनाई छ ।
नेपाल सरकारको शहरी विकाश तथा भवन निर्माण विभाग अन्र्तगत विशेष भवन आयोजनाले यो सभा हल निमार्ण गरिरहेको हो ।


विभाग इन्जिनियर विकाश खनालका अनुसार इन्जिनियरिङ्ग पाटोबाट हेर्दा भवन अत्यन्त बलियो बन्न लागेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘हामीले भवन निर्माण लागि गुणस्तरमा कुनै सम्झौता गरेका छैनौ ।’


खनालले ३ वटा सभाहल बन्न लागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो । ठूलो हलसँगै साना कार्यक्रम आयोजन ागर्न अन्य २ वटा हल समेत बन्नेछ ।
देशको इज्जत रहेका नेपालमा हुने ठूला र अन्र्तराष्ट्रिय स्तरका कार्यक्रम आयोजना गर्न गतिलो अडिटोरियम हल नहुदा होटल खोज्नु पर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले छिटो काम गर्न निर्देशन दिएपछि यो हल बनाउन लागिएको हो । यसअघि भक्तपुरको सानोठिमीमा निर्माण गर्ने भनेपनि जग्गा प्राप्तिमा समस्या भएपछि ललितपुरको गोदावरीमा बनाउन लागिएको हो ।


सरकारसँग अहिले १२ सय क्षमताको विरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्र भएपनि अहिले संसदको लागि भाडामा दिइएको छ ।
सम्मेलन केन्द्रमा हलको मञ्चमा ठूला एलइडी मोनिटर, भिभिआइपी रुम, अत्याधुनिक साउन्ड सिस्टम र बगैँचालगायत बन्नेछ ।

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  १० : १६ बजे