११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रोचक


आजको राशिफल (२९ पुस ०७६,मंगलबार )


२८ पुस २०७६, सोमबार  

0
Shares

चतुर्थी, मंगल चतुर्थी व्रतर काशीस्थित बडागणेश जयन्ती
पञ्चाङ्ग
वि.सं. २०७६ पुस २९ । मंगलबार । इ.स. २०२० जनवरी १४ । शकसंवत् १९४१ । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । ने.सं. ११४० पोहेलागा । माघ कृष्णपक्ष । चतुर्थी, १८ ः ०९ उप्रान्त पञ्चमी । नक्षत्र– मघा, ११ ः १७ बजे उप्रान्त पूर्वफाल्गुनी । योग– आयुष्मान, ७ ः २५ बजेदेखि सौभाग्य, २८ ः २२ बजे उप्रान्त शोभन । करण– वव, ७ ः १६ बजेदेखि वालव, १८ ः ०९ बजेपछि कौलव, २९ ः ०१ बजे उप्रान्त तैतिल । आनन्दादिमा काल योग । चन्द्रराशि– सिंह । काठमाडौंमा सूर्योदय– ६ ः ५८ बजे, सूर्यास्त– १७ ः २८ बजे र दिनमान २६ घडी ५ पला । मंगल चौथी । काशीमा बडागणेश उत्सव । पौष मसान्त ।
राशीफल
मेष– सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । परिवारजनको साथले काममा उत्साह जगाउनेछ ।
वृष– विभिन्न अवसरले पछ्याउनेछन् । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ ।
मिथुन– रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । कामको चापबाट पनि फुर्सद पाइनेछ ।
कर्कट– अरूका काममा समय बित्न सक्छ। उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ। काम पूरा नहुनाले मन खिन्न रहनेछ।
सिंह– सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ। अनावश्यक भ्रमणमा समय बित्न सक्छ।
कन्या– मौकाको फाइदा उठाउन नसकिएला । सवारीसाधन चलाउँदा सावधानी अपनाउनुहोला ।
तुला– व्यावसायिक काममा खर्च बढ्नेछ । धर्मकर्म र सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ ।
वृश्चिक– स्वास्थ्यगत समस्याले सताउने देखिन्छ । उपचारमा खर्च हुने योग छ । प्रयत्न गर्दागर्दै पनि सफलता हात लाग्ला ।
धनु– समयमा होसियार बन्न नसक्दा काममा बाधा हुने र खर्च बढ्ने देखिन्छ। मेहनतअनुसार फाइदा कमै होला।
मकर– विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । विगतका समस्या बल्झिन सक्छन् ।
कुम्भ– भौतिक साधन जुट्नाले आयआर्जन राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान समेत पाइएला ।
मीन– शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। अरूले फसाउन सक्छन्।

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  ११ : ४२ बजे