२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


उत्तर कोरियासँगको सम्वन्ध सुध्रने दक्षिण कोरियाली राष्ट्रपतिको आशा


२९ पुस २०७६, मंगलबार  

0
Shares

कोरियाली नयाँ वर्षको अवसरमा आयोजित पत्रकार सम्बेलनमा बोल्ने क्रममा टेलिभिजनमा देखिएका दक्षिण कोरियाका राष्ट्रपति मुन जाय उन । तस्विर ः एपी÷रासस

, २९ पुस (रासस÷सिन्ह्वा) ः दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनले मंगलबार उत्तर कोरियासँगको सम्वन्धका बारेमा आशावादी धारणा व्यक्त गर्नुभएको छ ।
दुई देश र अमेरिकाका बीचमा समेत केही समयदेखि कुराकानी हुन नसकेको भए तापनि चाडै नै नयाँ चरणमा छलफलहरु हुने विश्वास व्यक्त गर्नुभएको हो ।
नयाँ वर्षका अवसरमा राष्ट्रपति कार्यालय ब्लु हासउमा शुभकामना दिने क्रममा उहाँले दुई कोरियाको सम्वन्धमा केही कठिनाई भएपनि सुधार हुने बताउनु भयो ।
वार्ताबाट नै आपसी सम्वन्ध सुधार्न सकिने र अव त्यसतर्फ फेरी आफूले जोड दिने उहाँले जानकारी दिनुभयो ।
राष्ट्रपति मुनले आफ्नो सरकार आपसी सम्वन्धहरु सकारात्मक ढंगले अगाडी बढ्छन् भन्ने विश्वासमै रहेको बताउनु भयो ।
उहाँले दुई कोरिया बीचको आपसी सम्वन्ध र उत्तर कोरियासँग अमेरिकाको सम्वन्धमा निराशा भइहाल्नु पर्ने अवस्था नरहेको बताउनु भएको छ ।
मुनको अग्रसरता र समन्वयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ अनको संयुक्त शिखर बैठक पनि सम्पन्न भएका छन् ।
गत दुई वर्षमा भएका तीन ओटा शिखर बैठकपछि सम्वन्ध सामान्य अवस्थामा रहेकाले यस बर्षपनि महत्वपूर्ण बैठकहरु हुन सक्ने अपेक्षा गरिएको छ ।
विगत लामो समयदेखि एक अर्कालाई कडा शत्रुका रुपमा हेर्दै आएका अमेरिका र उत्तर कोरियाले सम्वन्धलाई सुधार्दै नयाँ चरणमा लैजाने प्रयास हुदै आएको छ ।

प्रकाशित मिति : २९ पुस २०७६, मंगलबार  ९ : २३ बजे