९ असार २०८२, सोमबार | Mon Jun 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


ललिता निवास जग्गा प्रकरणमा मुछिएका ढकालको घरमा बम विष्फोट


१ माघ २०७६, बुधबार  

0
Shares


१ माघ ०७६, काठमाडौं । काठमाडौँको नागर्जुन नगरपालिका– १ स्थित डा शोभाकान्त ढकालको घरमा आज साँझ बम विष्फोट भएको छ । महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलका अनुसार नेत्रविक्रम चन्द समूहले विष्फोट गराएको हो । घटना आज साँझ ७ः१४ मा भएको हो । सो घट्नामा मानवीय क्षति भने भएको छैन ।
विष्फोटबाट झ्यालका सिसा फुटेको छ भने गेट र पार्किङ गरिराखेको गाडीमा क्षति पुगेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो । अहिले घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धान गरिरहेको छ । घटनको पूर्ण विवरण आइसकेको छैन । ढकाल बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुछिएका व्यक्ति हुन् ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  १० : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।