
नुवाकोटको तारुकास्थित चन्दनीमा माघेसङक्रान्तिका अवसरमा जुधाइएको गोरु ।
१ माघ ०७६, तारुका । नुवाकोटको तारुकामा बुधबार माघे संक्रान्तीको अवसर पारेर गोरु जुधाइएको छ । माघे सङ्क्रान्ति गोरु जुधाइ संरक्षण संस्थाको आयोजना गरेको गोरु जुधाई कार्यक्रम हेर्न हजारौंको भीड थियो ।

संस्थाका अध्यक्ष भोजबहादुर भण्डारीको अनुसार कार्यक्रममा २१ हल गोरु जुधाइएको थियो ।
गोरु जुधाउने क्रममा कतिपय गोरु धाइते भएका कारण रगत आइरहेको देख्न सकिन्थ्यो ।

साथै नुवाकोटको तारकेश्वर गाउँपालिका–३ तारुकाको चन्दनीमा २१ ह्ल गोरु जुधाउने कार्यक्रम गरिएसँगै, विदुर नगरपालिका–१० रसुवासँगको सङ्गमस्थल वेत्रावतीमा ११ हल गोरु जुधाइएको थियो, पञ्चकन्या गाउँपालिका–३ पिपलडाँडामा आठ, लिखु गाउँपालिका–३ कट्टीछापमा तीन, तादी गाउँपालिका–४ सातबिसेमा दश, शिवपुरी गाउँपालिका–५ शेराबगरको गैरीफाँटमा पाँच हल गोरु आज जुधाइएको बताइएको छ । हेरौं केही गोरु जुधाईका तस्विरहरु ः


प्रतिक्रिया