९ चैत्र २०८१, आइतबार | Sun Mar 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


संसद्को गतिरोध चाँडै हट्छ ः अध्यक्ष तिमिल्सिना


३ माघ २०७६, शुक्रबार  

0
Shares

३ माघ ०७६, पर्वत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सामुदायिक विद्यालयलाई प्राविधिक शिक्षालयको रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।
पर्वतको मोदी गाउँपालिका–७ राम्जादेउरालीमा अवस्थित पशुपति माविको स्वर्ण महोत्सव समान समारोहलाई बिहीबार सम्बोधन गर्दै उहाँले एक स्थानीय तह एक प्राविधिक शिक्षालय स्थापना गर्न आवश्यक छ भन्नुभयो । उहाँले सोही विद्यालयबाट प्रारम्भिक शिक्षाको शुरुआत गर्नुभएको थियो ।
अध्यक्ष तिमिल्सिनाले सङ्घीय संसद्मा देखिएको गतिरोध चाँडै हट्ने, दलीय सहमतिबाट टुङ्गिने सभामुखको चयन प्रक्रियाले चाँडै पूर्णता पाउने र रोकिएका विधेयक छिट्टै टुङ्गो लाग्ने बताउनुभयो ।
नेकपाका केन्द्रीय सदस्य गुप्त हमालले मुलुक विकास र समृद्धिको दिशामा अघि बढेको बताउँदै अब ढुक्क भएर काम गर्नुपर्ने बेला आएको बताउनुभयो । स्वर्ण महोत्सवका सबै कार्यक्रम सकिएको आयोजक समितिका सचिव रमेश केसीले कार्यक्रममा जानकारी दिनुभयो ।

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  १० : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।