२१ बैशाख २०८१, शुक्रबार | Sat May 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


वेलायतीका राजकुमार ह्यारी दम्पतीले त्यागे शाही उपाधि


५ माघ २०७६, आइतबार  

0
Shares


एजेन्सी
५ माघ ०७६,लण्डन । वेलायतका राजकुमार ह्यारी र उनकी पत्नी मेगन मार्केलले शाही अधिकार त्याग गरेको घोषणा गर्नुभएको छ ।
शाही उपाधि त्यागसँगै विवाहपछि बसेको फ्रगमोर कटेजको पुनःनिर्माण गर्न लागेको २.४ मिलियन पाउण्ड तिर्ने भएका छन् ।ह्यारी दम्पतीले राजपरिवारको हैसियतमा पाउँदै आएको रुपैया समेत नलिने भएका हुन् ।
उनीहरुले सो घर पुर्ननिर्माणका क्रममा रंगरोगन र मर्मतका लागि राज्यकोषबाट पैसा खर्चिएको थियो । जनताको पैसा लिएर घर मर्मत गरिएको भन्दै उनीहरुले आफैले सो पैसा फिर्ता गर्न तयार भएका हुन् ।
केही समयअघि राजकुमार ह्यारीले दम्पतीले शाही उपाधि र अधिकार त्याग्दै नयाँ जीवन सुरु गर्ने घोषणा गरेका थिए ।
सामान्य जीवनपछि ह्यारी दम्पतीले ब्रिटेन र क्यानडामा बस्ने छन् । लामो छलफलपछि उहाँको परिवारले शाही उपाधि त्याग गर्ने घोषणामा सहमत भएको समाचार एजेन्सीहरुले लेखेका छन् ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  १० : ०५ बजे