२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


रेजिन सुब्बाको गोलमा मछिन्द्रलाई अग्रता


१३ माघ २०७६, सोमबार  

0
Shares

१३ माघ ०७६, काठमाडौं । युवा फरवार्ड रेजिन सुब्बाको गोलमा मछिन्द्र क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार रुस्लान थ्री स्टारविरुद्ध पहिलो हाफमा १(० को अग्रता लिएको छ ।

खेलको १३औँ मिनेटमा रन्जित धिमालको फ्रिकिकलाई थ्री स्टारका गोलरक्षक प्रिसोले सजिलै नियन्त्रणमा लिएका थिए । लगत्तै थ्री स्टारका अशोक खवासको क्रसमा हम्जातको हेडर पोस्टबाट थोरै बाहिरियो । ३३औँ मिनेटमा आन्द्रियस नियाको प्रहार बाहिरियो ।

त्यस्तैगरि ३८औँ मिनेटमा रेजिन सुब्बाले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए । रन्जित धिमालको फ्रिकिकलाई गोलरक्षक प्रिसोले पञ्च गरेपनि रेजिनले पेनाल्टी बक्सभित्रबाट गोल गर्न सफल भए । रेजिन अर्का फरवार्ड दीपक राई घाइते भएपछि बेन्चबाट छिरेका हुन।

४१औँमिनेटमा विशाल राईको फ्रिकिकलाई गोलरक्षकले राम्रोसँग नियन्त्रणमा लिन नसकेको बललाई कप्तान बिक्रम लामाले गोललाइनबाट बचाएका थिए।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार  ४ : १९ बजे