१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


नेप्सेमा २४ अङ्कको वृद्धि


१३ माघ २०७६, सोमबार  

0
Shares

१३ माघ ०७६,काठमाडौं । साताको पहिलो दिन हिजो आइतबार दोहोरो अङ्कले ओरालो लागेको धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक आज दोस्रो दिन सोमबार भने झण्डै २४ अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २३.९५ विन्दुले बढेर एक हजार ३००.६२ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ४.५३ ले वृद्धि भई २७९.१५ मा पुगेको छ ।

नेप्सेमा उच्च विन्दुको सुधार देखिँदा कारोवार रकममा भने प्रभाव देखिएको छन् । कूल १८० कम्पनीको २४ लाख नौ हजार २६२ कित्ता शेयर रु ९१ करोड ७३ लाख ५९ हजार ८६५ मूल्यमा खरीद बिक्री भए ।

त्यस्तैगरिनेप्सेको अनुसार कारोवार भएका कूल १२ उपसमूहको शेयर नै उकालो लागेको छ भने । बैंकिङ १८.०१, व्यापार ३४.५९, होटल ८३.३२, विकास बैंक ४३.८१, जलविद्युत् १९.५१, वित्त २.८६, निर्जीवन बीमा १४९.७६, उत्पादन ९.८६, अन्य ५.१५, लघुवित्त ६६.४३, जीवन बीमा १७४.०३ र सामूहिक लगानी कोष ०.०४ ले वृद्धि भएको छ ।

कारोवारका आधारमा आज सोमबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु आठ करोड १४ लाख २८ हजार ४६९ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेको छ । यस्तै ग्लोबल आइएमई बैंक रु पाँच करोड २६ लाख ५७ हजार ७२९, गरिमा विकास लघुवित्त वित्तीय संस्था रु चार करोड ६८ लाख ३४ हजार २७, एनआइसी एशिया रु दुई करोड ७० लाख ४९ हजार ८६२, प्राइम बैंक रु दुई करोड ५९ लाख ५० हजार र गुराँस लाइफ इन्स्योरेन्स रु दुई करोड ५१ लाख ७० हजार ७४८ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे को छ ।

त्यस्तै लघुवित्त ७.७९, नेरुडे लघुवित्त विकास बैंक ७.६३, फष्ट माइक्रोफाइनान्स ७.०२, आशा लघुवित्त वित्तीय संस्था ७.०१, गुराँस लघुवित्त ६.९९ र गरिमा विकास लघुवित्तका शेयरधनीले ६.७१ प्रतिशतले कमाए । यस्तै जोशी हाइड्रोपावर ३।०७, युनाइटेड फाइनान्स २.७६, दिव्यश्वरी हाइड्रोपावर १.९६, समृद्धि फाइनान्स १.९० र एनआइबिएल समृद्धि फण्ड एकका लगानीकर्ताले १.३३ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार  ६ : २२ बजे