७ फाल्गुन २०८१, बुधबार | Wed Feb 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


नेपाल नेशनल अस्पतालमा बाथरोग सेन्टर’को शुभारम्भ


१५ माघ २०७६, बुधबार  

0
Shares

 १५ माघ ०७६ काठमाडौँ । कलङ्कीको नेपाल नेशनल अस्पताल ‘बाथरोग सेन्टर’को शुभारम्भ गरिएको छ । अस्पतालले देशभर बढ्दै गएकोे बाथरोगलाई मध्यनजर गर्दै हिजो मङ्गलबार नेशनल सेन्टर फर रिउमेटिक डिजिज प्रालिको सहकार्यमा ‘बाथरोग सेन्टर’को शुभारम्भ गरेको छ ।

नवनिर्मित सेन्टरको शुभारम्भ कार्यक्रममा प्रदेशसभा सदस्य केशव पोखरेलले निजी क्षेत्रले नेपालको स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको उच्च प्रशंसा गर्नुभयो । उहाँले तीनवटै सरकारको उच्च प्राथमिकतामा स्वास्थ्य र शिक्षा क्षेत्र परेको बताउँदै निजी क्षेत्रमा सञ्चालित अस्पतालले समेत गरिब जनतालाई सर्वसुलभ सेवा प्रदान गर्नुपर्ने जानकारी दिनुभयो ।

काठमाडौँ महानगरपालिका–१४ का अध्यक्ष शोभा सापकोटाले पछिल्लो समय कोरोना भाइरसले भयावह रूप लिँदै गएको बताउँदै उक्त रोगको उपचारका लागि अस्पताल तम्तयार अवस्थामा बस्नुपर्ने बताउनुभयो ।

अस्पतालका अध्यक्ष रामचन्द्र शर्माले गुणस्तरीय सेवा दिन अस्पताल प्रतिबद्ध रहेको बताउनुभयो । मेडिकल डाइरेक्टर डा प्रकाश पौडेलले देशभर ३० लाखभन्दा बढी व्यक्ति बाथरोगबाट पीडित भएको बताउँदै बाथका रोगीलाई सहज उपचार गराउन अस्पतालले बाथरोग सेन्टरको स्थापना गरेको बताउनुभयो । वरिष्ठ बाथरोग विशेषज्ञ डा विनित वैद्यले नेपालमा बर्सेनि बाथरोगका बिरामी बढ्दै गएकाले यसको उपचारका लागि उक्त सेन्टर स्थापना गर्नुपरेको उल्लेख गर्नुभयो ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  १ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।