५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


आज सुनको मुल्य तोलाको रु ४०० ले घट्यो


१५ माघ २०७६, बुधबार  

0
Shares

१५ माघ ०७६, काठमाडौं । आज साताको चौथो दिन बुधबार स्थानीय बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा सुनको मुल्य प्रतितोला रु ४०० ले घटेको छ । महासङ्घले छापावाला सुनको मूल्य प्रतितोला रु ७५ हजार ६०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७५ हजार ३०० कायम गरेको छ । मङ्गलबार सुनको मूल्य स्थिर थियो ।

सोमबार र मङ्गलबार छापावाला सुन प्रतितोला रु ७६ हजार र तेजाबी सुन प्रतितोला रु ७५ हजार ७०० मा खरीदबिक्री भएको थियो । सुनको मूल्य घटेसँगै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । आज चाँदी प्रतितोला रु १५ ले घटेर रु ८७० पुगेको छ ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  ५ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।