१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


बसको ठक्करबाट पैदलयात्रीको मृत्यु


१६ माघ २०७६, बिहिबार  

0
Shares

१६ माघ ०७६ चितवन । पूर्व पश्चिम राजमार्गअन्तर्गत चितवन जिल्लाको राप्ती नगरपालिका–४ लक्ष्मीनारायण चोकमा यात्रुबाहक बसले पैदलयात्रीलाई ठक्कर दिँदा अन्दाजी ४० वर्षीय पुरुषको को मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

पोखराबाट वीरगञ्जतर्फ गइरहेको ना ५ ख ३२६ नम्बरको बसले हिजो बुधबार पैदलयात्रीलाई ठक्कर दिएको थियो । निजघाइतेको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको , मृतकको नाम, थर र ठेगाना खुल्न नसकेको र बस र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहिबार  ९ : ५९ बजे