२१ बैशाख २०८१, शुक्रबार | Sat May 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


कोरोना भाइरस संक्रमणबाट २१३ को मृत्यु


१७ माघ २०७६, शुक्रबार  

0
Shares

१७ माघ ० ७६, काठमाडौं । कोरोना भाइरसलाई लिएर विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य आपतकालिन घोषणा गरेको छ ।

चीनसहित अन्य मुलकमा कोरोना भाइरसको प्रकोप तीव्र गतिमा फैलन थालेपछि विश्वव्यापी रुपमा आपतकाल घोषणा गरिएको विश्व स्वास्थ्य संगठनले बताएको छ ।

कमजोर स्वास्थ्य प्रणाली भएका देशहरूमा कोरोना भाइरसको प्रकोप महामारीका रुपमा बढेको छ । हाल सम्म चीनमा कोरोना भाइरसको सङक्रमणबाट २१३ जनाको मृत्यु भइसकेको छ।

विश्व भरी आपतकालीन अवस्था घोषणा गर्नुको कारण चीनमा कोराना भाइरसको अबस्था कस्तो भैरहेको छ भन्दा पनि अन्थ देशहरुमा यसबाट कतिको प्रभावितभैरहेका छन् भन्नेमा बढी केन्द्रित रहेको डब्ल्यूएचओका प्रमुख टेड्रोस अडनोम गेब्रियसले जानकारी दिन्भयो ।

कोरोना भाइरसको संक्रमण चीनको हुबेइ प्रान्तको वुहान शहरमा गत डिसेम्बरमा पहिलोपटक देखिएको संक्रमण हाल चीन बाहेक अन्य १८ देशमा फैलिएको छ ।
त्यस्तैगरि कोराना भाइरसको संक्रमण नेपाल, अमेरिका, फ्रान्स, जर्मनी, थाइल्याण्डसहितका अरु देशमा पनि संक्रमण बिरामीहरु भेटिएका छन् ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  १० : २६ बजे