५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


भोलीदेखि शहीद स्मारक ए डिभिजन लिग दशौँ चरणको खेल हुँदै


१७ माघ २०७६, शुक्रबार  

0
Shares

१७ माघ ०७६, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत दशौँ चरणका खेलहरु भोलीदेखि हुँदैछ ।
त्यस्तै नवौं चरणको समाप्तीसम्म त्रिभुवन आर्मी क्लबको अग्रता कायम रहेको छ । आर्मी क्लबले ९ खेलबाट २० अंक जोडेको छ । १९ अंकका जोड्दै मछिन्द्र क्लब दोस्रो स्थानमा छ भने तेस्रो स्थानको मनाङ मस्र्याग्दी क्लबको १९ अंक छ ।

नवौं चरणसम्म आइपुग्दा मनाङ मस्र्याङ्दी क्लब मात्रै अपराजित भएको छ । मनाङले ५ खेलमा जीत हात पार्दा ४ खेल बराबरीमा रोकिएको छ । शीर्ष स्थानको आर्मीले ६ खेलमा जीत हात पार्दा २ खेलमा बराबरी खेलेको छ । आर्मीले मनाङ विरुद्धको एक खेल मात्रै हारेको छ ।

यसैगरी मछिन्द्रले ६ खेलमा जीत र २ खेलमा बराबरी गर्दा १ खेलमा पराजित भएको छ ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  ८ : ०० बजे