५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


गोदावरी नगरपालिका दोस्रो मेयर कप कराँते सुरु


१८ माघ २०७६, शनिबार  

0
Shares

१८माघ ०७६, ललितपुर । ललितपुरको बज्रबाराहीमा प्रथम एफआईकेके गोदावरी नगरपालिका मेयर कप तथा पन्ध्रौं क्योकुसिन कराँते प्रतियोगिता शुक्रबार सुरु भएको छ ।
बज्रबाराही फेडरेसन इन्टरनेसनल कराँते क्योकुसिनकाई डोजोको आयोजनामा मेयर कप तथा पन्ध्रौं क्योकुसिन कराँते प्रतियोगिता सुरु भएको छ ।

त्यस्तैगरि प्रतियोगिताको उद्घाटन गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले गर्न् भएको थियाृ । उनले समाजमा युवाहरूलाई सही मार्गमा ल्याउनका लागि खेलकुदको महत्वपूर्ण भूमिका हुने बताउनु भयो ।
गोदावरी नगरपालिकालाई धार्मिक, सांस्कृतिक पर्यटनका साथै खेलकुदका माध्यमबाट पनि परिचित गराउने अठोटका साथ काम भइरहेको र ै प्रतियोगितामा सातै प्रदेशबाट ९२ जना खेलाडी सहभागी रहेको छ ।

त्यस्तेगरि प्रतियोगिता शनिबार सम्पन्न हुनेछ भने प्रारम्भिक चरणका खेल र सेमिफाइनलका केही खेलहरू शुक्रबार नै सम्पन्न भएको छ । सेमिफाइनलका बाँकी खेल र फाइनल खेल शनिबार सम्पन्न हुने बज्रबाराही डोजोका प्रमुख जय देसारले जानकारी दिनु भयो ।देशका विभिन्न स्थानबाट आउने खेलाडीका लागि खाने र बस्ने आवश्यक प्रबन्धसमेत आयोजक डोजोले ब्यवस्था गरेको छ ।

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार  १ : ३१ बजे