८ चैत्र २०८१, शनिबार | Sun Mar 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सुनसरीमा माइक्रो बस र बस ठोक्किँदा पाँच जनाको मृत्यु


१९ माघ २०७६, आइतबार  

0
Shares

१९ माघ ०७६ सुनसरी । सुनसरीको रामधुनीम भएको सवारी दुर्घटनामा अहिले सम्ममृत्यु हुनेको संख्या पाँच पुगेको छ । तीन जनाको घटनास्थलमै र उपचारका क्रममा २ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तैगरि दुर्घटनामा परि हायसका चालक धादिङ बैरेनीका दिपक खड्का, झापा भद्रपुर– ५ की ६८ वर्षीया डोलकुमारी कोइराला र उनका श्रीमान ७५ वर्षीय हेमराज कोइरालाको घटनास्थलमै मृत्यु भएको हो । त्यस्तै झापा चन्द्रगढीकी १८ वर्षीया गरिमा गौतम र झापा भद्रपुर–७ का ४५ वर्षीय टंकप्रसाद काफ्लेको उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा अन्य १४ जना घाइते भएका छन् । घाइतेको अस्पतालमा उपचार भइरहेको छ । दुवै सवारी साधनका चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी विनोद शर्माले जानकारी दिनुभयो ।

झापाबाट काठमाडौं आउदैै गरेको बा ५ ख ३१५७ नम्बरको हाइस माइक्रो र विपरीत दिशाबाट जादैँ गरेको ना ६ ख ७०५ नम्बरको बस आज बिहान सुनसरीको रामधुनी नगरपालिका २ कृषिफर्म नजिक आपसमा ठोक्किदा दुर्घटना भएको हो ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  ७ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।