५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


सहिद स्मारक ए डिभिजन लिग:ब्रिगेडमाथि जावलाखेलको संघर्षपूर्ण जित


२० माघ २०७६, सोमबार  

0
Shares

२० माघ ०७६,ललितपुर । जारी सहिद स्मारक ए डिभिजन लिगमा जावलाखेल युवा क्लबले ब्रिगेड व्वाइज क्लबलाई पाराजित गर्दै संघर्षपूर्ण जित हात पारेको छ ।

आज सोमबार सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा जावलाखेलले ब्रिगेडलाई १–० गोल अन्तरले पाजित गरेको छ ।

जावलाखेलका लागि सुजित बुढाथोकिले खेलको ३२ औं मिनेटमा एक गोल गरेको थिए । उक्तगोल नै जावलाखेल क्लबको निर्णायक गोल बन्यो ।

आजको खेलमा जावलाखेलका खेलाडीले ‘फेयर गेम’ खेलेका थिए । यसलाई रेफ्रिले दिने कार्डका आधारमा हेर्न सकिन्छ । ब्रिगेडका दुई खेलाडीले पहेंलो कार्ड पाउँदा जावदाखेलका खेलाडीलाई रेफ्रिले कार्ड खानबाट जागिएका छन् ।

त्यस्तैगरि जीतसँगै जावलाखेल लिगको सातौं स्थानमा उक्लिएको छ । जावलाखेलले १० मा ४ जीत ३ खेल बराबरी र ३ खेलमा पराजित हुँदा १५ अंकसहित सातौं स्थानमा रहेको छ । पराजित ब्रिगेडलाई भने रेलिगेसनको पिरलो छ । उसले अहिलेसम्म १० खेलमा जम्मा ८ अंक जोडेको छ ।

त्यस्तै ब्रिगेडभन्दा तलका टोलीको जम्मा ४ अंकको फरक छ । अन्तीम रहेको सरस्वती युवा क्लबको चारअंक छ ।
लिगको शीर्ष स्थानमा विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब २३ अंक रहेको रहेको छ भने उसलाई मछिन्द्र क्लब २२ अंकले पछ्याइरहेको छ ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  ४ : २२ बजे