९ चैत्र २०८१, आइतबार | Sun Mar 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


जनताको नाममा लालपूर्जा रहेको जग्गा सरकारको मा ल्याउन निर्देशन


२२ माघ २०७६, बुधबार  

0
Shares


२२ माघ ०७६, काठमाडौं । सडक विभागले विगतमा राजमार्गका लागि अधिग्रहण भएको जग्गा लगत कट्टा गरी नेपाल सरकारको नाममा जग्गाधनी पूर्जा ल्याउन आफू मातहतका आयोजना निर्देशनालय र महाशाखालाई निर्देशन दिएको छ ।
नेपाल सरकारले समय समयमा घोषणा गरेका राजमार्गको क्षेत्रफल अधिग्रहण गर्दा जग्गाधनीपूर्जा सम्बन्धित जग्गाधनीहरुकै नाममा रहेको विभागले जनाएको छ । सरकारका नाममा जग्गा नआउँदा सम्बन्धित जग्गाधनीले अनावश्यक कर तिर्नु परिरहेको साथै भूमाफियाहरुले उक्त जग्गासमेत किनबेच र नामसारी गर्न सक्ने सम्भावना भएको भन्दै यस्तो निर्देशन दिइएको हो । विभागले ती कार्यालयलाई अधिग्रहण गरिएका जग्गाको यर्थाथ विवरण उपलब्ध गराउन पनि निर्देशन दिएको छ ।
सरकारी सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोग, २०७६ बाट माग गरिएको सार्वजनिक र गुठी जग्गा अधिग्रहणसम्बन्धी विवरण पनि उपलब्ध गराउन पनि विभागले निर्देशन गरेको छ ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  ९ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।