९ चैत्र २०८१, आइतबार | Sun Mar 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


चीनबाट छोराछोरी ल्याउन माग गर्दै सिंहदरवारमा धर्ना


२३ माघ २०७६, बिहिबार  

0
Shares


२३ माघ ०७६,काठमाडौं  । चीनको वुहान प्रान्तमा रहेका विद्यार्थीका अभिभावकले आफ्ना छोराछोरीलाई नेपाल छिटो ल्याउन माग गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा धर्ना दिएका छन् । आज दिउँसो उनीहरुले चाँडोभन्दा चाँडो आफ्ना छोराछोरीलाई नेपाल ल्याउन माग गर्दै धर्ना दिएका हुन् ।
अभिभावक विमला श्रेष्ठले चीनबाट छोराछोरीको उद्धार गर्न सरकारले ढिलाइ गरेकाले ध्यानाकर्षण गराउन धर्ना दिएको बताउनुभयो । उहाँले अहिले त्यहाँ रहेका विद्यार्थीलाई खानाका लागि समस्या भएकाले सरकारले चाँडोभन्दा चाँडो नेपाल ल्याई उद्धार गर्नुपर्ने बताउनुभयो ।
चीनमा अहिले कोरोना भाइरस फैलिएर त्रास रहेको छ । सरकारले चाँडै नै चीनमा रहेका विद्यार्थी र नागरिक ल्याई उपत्यकाका चार ठाउँमा राख्ने निर्णय गरेको हो । चीनबाट नेपाल आउनका लागि १८० विद्यार्थी र नागरिकले चीनस्थित नेपाली राजदूतावासमा निवेदन दिएका छन् ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहिबार  ९ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।