२४ आश्विन २०८१, बिहिबार | Thu Oct 10 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


वडाध्यक्ष धामीको अझै शव उठेन,पञ्चदेवल विनायक तनावग्रस्त


२४ माघ २०७६, शुक्रबार  

0
Shares

२४ माघ ०७६,अछाम। अछामकाे  पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पद्मबहादुर धामीको हत्या भएको दुई दिन बित्दा पनि अझै शव उठेको छैन । हत्यारा पत्ता नलाग्दा सम्म स्थानीय बासिन्दाले शव उठाउन दिएका छैन्। वडाध्यक्ष धामी शव अहिलेसम्म गैरीगाउँस्थित गोठछानामै छ भने मृतकका आफन्त र स्थानीय बासिन्दाले हत्याराको पत्ता नलागेसम्म शव उठाउन नदिने अडान लिएका छन् ।

आफन्तजनले र स्थानीय बासिन्दाहरको अडानको कारण शवको परीक्षण हुन नसकेको प्रहरी निरीक्षक तथा जिल्ला प्रहरी प्रवक्ता रमेशदत्त अवस्थीले जानकारी दिनुभयो ।त्यस्तै घटनाको मुचुल्का बनाएर शव परीक्षण गरी थप अनुसन्धान अगाडि बढाउने विषयमा छलफल भइरहेको छ, उहाँले भन्नुभयो, ‘अहिले पनि नगर प्रमुख, उपप्रमुख, पीडित पक्षसहित स्थानीय अगुवाको टोली छलफलमा जुटेका उहाले बताउनु भयो ।’

मृतकका आफन्त र बासिन्दाले हत्यार पत्ता लगाएर कारबाही गर्न माग गर्दै गत बुधबारदेखि आन्दोलन गरिरहेका छन् । आन्दोलन रोकेर शव परीक्षण गरी अनुसन्धान अघि बढाउने विषयमा पटकपटक छलफल भए पनि निष्कर्ष निस्किएको छैन ।

स्थानीय बासिन्दाहर हत्याको विरोधमा प्रदर्शनमा उत्रेपछि विनायक बजार पूर्णरुपमा बन्द भएको छ । त्यस्तै मृतककका आफन्त र स्थानीय बासिन्दाहरुले बिहीबार पनि प्रदर्शन गरेका थिए। प्रदर्शनका कारण मध्यपहाडी लोकमार्गमा सवारी आवागमन बन्द भएको छ ।

हत्यारा पहिचानको गर्न प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीबीआई)सहितको टोली परिचालित भइरहेको छ । तालिमप्राप्त कुकुर समेत परिचालन र फोन कल रेकर्डिङका आधारबाट घटनाबारे अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता अवस्थीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  ७ : ५७ बजे