५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


तारकेश्वर नपाद्वारा साग पदक बिजेता खेलाडीलाई सम्मान


२४ माघ २०७६, शुक्रबार  

0
Shares

२४ माघ ०७६ काठमाडौं । तारकेश्वर नगरपालिकाले हालै नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद ९साग० मा पदक जित्ने आफ्नो नगरपालिकाका खेलाडीलाई सम्मान गरेको छ । नगरपालिकाको छैटौँ नगरसभामा बिहीबार पदक जित्ने छ खेलाडीलाई नगदसहित सम्मान गरेको छ ।

नगरपालिकाले सागमा स्वर्ण जित्ने करातेकी अनु अधिकारी र सुनिता महर्जन तथा साइक्लिङकी निष्मा श्रेष्ठलाई जनही रु २५ हजारसहित सम्मान गरेको हो । यस्तै सागमा रजत पदक जित्ने फेन्सिङकी कमला श्रेष्ठ तथा उसुकी मीना ग्ल्यान र विश्व बुढामगरलाई रु २० हजारसहित सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  १२ : ४७ बजे