८ चैत्र २०८१, शनिबार | Sun Mar 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


धुर्मुस सुन्तलीले बनाउने रङ्गशालाको आम्दानीले खेलाडी उत्पादन गर्ने


२४ माघ २०७६, शुक्रबार  

0
Shares

२४ माघ ०७६, चितवन । जनस्तरबाट निर्माण गर्न लागिएको गौतमबुद्ध अन्तरराष्टिय क्रिकेट रङ्गशालाको आम्दानी नेपाली खेलाडी उत्पादन र सामाजिक सेवामा खर्च गरिने भएको छ ।
प्रदेश नं २ का विभिन्न जिल्लाबाट बन्दै गरेको रङ्गशाला भ्रमणमा आएका पत्रकार र यहाँका पत्रकारसँग आज आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै धुर्मुश सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले रङ्गशाला शिक्षालय पनि भएकाले खेलाडी उत्पादनमा बचेको रकम खर्च गरिने बताउनुभयो ।
रङ्गशाला सम्पन्न भएपछि कसले सञ्चालन गर्दछ भन्ने पत्रकारको प्रश्नमा उहाँले भरतपुर महानगरपालिका, धुर्मुश सुन्तली फाउण्डेशन र सामाजिक अभियान्ता रहेको व्यवस्थापन समितिले रङ्गशाला सञ्चालन गर्ने प्रष्ट पार्नुभयो । त्यसको आम्दानीले नेपालमा खेलाडी उत्पादन गरेर अन्तरराष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने बनाउने भन्दै उहाँले केही हिस्सा सामाजिक कोषमा राखेर विपतमा परेकालाई सहयोग गरिने बताउनुभयो ।
फाउण्डेशनका उपाध्यक्ष कुञ्जना घिमिरेले आफूहरु सरकारको विरोधी नभएर सघाउन छिरेको अभियान्ता भएकाले सबैको साथ र सहयोगको अपेक्षा गर्नुभयो । कार्यक्रममा प्रदेश नं २ बाट आउनुभएका रौतहटका अन्नपूर्णकर्मी फणी महत, अन्नपूर्णकै जनकपुरका राजकरण महत्तो र कान्तिपुरका प्रदेश नं २ का ब्यूरो प्रमुख अजित तिवारीले फाउण्डेशनले प्रदेश नं २ मा बनाएका बस्ती उदाहरणीय भएको भन्दै रङ्गशाला निर्माणमा साथ र सहयोगका लागि पत्रकारको टोली आएको बताउनुभयो ।

कार्यक्रममा पत्रकार महासङ्घ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले रङ्गशाला निर्माणका लागि चितवनका जनतासँगै पत्रकार लागि परेको जानकारी दिनुभयो । रङ्गशाला हेर्न प्रदेश नं २ का छ जिल्लाबाट १४ पत्रकार आएका थिए ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  १० : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।